घाइतेको उपचारमा कुनै सम्झौता हुँदैन : मुख्यमन्त्री राउत | Khabarhub Khabarhub

घाइतेको उपचारमा कुनै सम्झौता हुँदैन : मुख्यमन्त्री राउत


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले बारा र पर्सामा भएको घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको उपचारमा प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।

काठमाडौंमा आज भएको विशेष पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री राउतले हावा–हुरीमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धञ्जली व्यक्त गर्दै घाइतेहरुको उपचार तथा पीडितहरुको पुनर्वासका लागि प्रदेश सरकारले तदारुकता देखाइरहेको बताएका हुन् । उनले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

उनले नेपालकै इतिहासमै यस्तो घटना कहिल्यै नदेखिएको बताउँदै यो दुःखद् घडीमा सहयोगी हातहरुको खाँचो रहेको बताए । उनले स्थानीय नेता, गाउँपालिकाका प्रमुख, प्रदेश सरकारका जिम्मेवार व्यक्तिहरु पीडितहरुको उद्दार तथा राहतमा कटिवद्ध भइरहेको जानकारी गराउँदै केन्द्र सरकारले गरेको कामको  प्रशंसा गरे । केन्द्र सरकारले ज्यान गुमाउनेहरुका पीडित प्रत्येक परिवालाई तीन–तीन लाख दिने सरकारी निर्णय सह्रानीय रहेको बताए ।

‘हावाहुरीमा परी घाइते भएकाहरुको उपचारमा प्रदेश सरकार गम्भीर बनेको छ, पीडितलाई कुनै पनि किसिमले दुःख हुनुहुँदैन, उपचार र राहात तथा पुनर्वासका लागि प्रदेश सरकारले तदारुकता देखाइरहेको छ’ मुख्यमन्त्री राउतले भने, ‘ यो दुःखद्को घडीमा सबैको सयोग चाहिन्छ, नियम कानून नमिल्न सक्छ, तर जिम्मेवार संघसंस्थाले आ–आफ्नो क्षेत्रमाबाट जिम्मेवारीपूर्वक भूमिका निभाउनुपर्छ । घाइतेहरुको उपचारका लागि काठमाडौंका जुनसुकै अस्पताल ल्याउनुपर्छ भने पनि हामी तयार छौं । जहाज पनि तयारी अवस्थामा छ ।’

उनले आन्तरिक मामिला तथा कानून मन्त्रीको संयोजकत्वमा समिति गठन गरिएको र सो समितिले राहत र खाद्यान्नको व्यवस्था मिलाइरहेको भन्दै सोही समितिले दिएको सुझावका आधारमा प्रभावितलाई पुनर्बासको व्यवस्था गरिने बताए । प्रदेश सरकारले समितिको सिफारिसका आधारमा प्रभावितका लागि स्थायी बसोबासका लागि घर बनाइ दिने पनि जानकारी दिए ।

उनले प्राकृतिको कहरमा परेर ज्यान गुमाएकाहरुलाई फर्काउन नसके पनि घरमा रहेकाहरुको पीडामा मल्हम लगाउन प्रदेश सरकार जिम्मेबार रहने बताए ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ६ : १९ बजे

तुलसीपुर कारागारबाट भागेका ७१ कैदी पक्राउ

दाङ– यहाँको तुलसीपुर कारागारबाट भागेका ७१ जना कैदीलाई पक्राउ गरिएको

रवि लामिछाने जेल फर्कने

काठमाडौँ – शंकास्पद कागजात लिएर जेन-जी प्रदर्शनको मौका छोपी जेलबाट

दलाई लामाले दिए सुशीला कार्कीलाई बधाई

काठमाडौं– तिब्बतका धर्मगुरु दलाई लामाले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई

प्रधानमन्त्री कार्कीको नियुक्ति संविधानविपरीत : पत्रकार महासंघ

काठमाडौं– नेपाल पत्रकार महासंघले प्रधानमन्त्री सुशीला कार्कीको प्रधानमन्त्री पदमा भएको

संसद् विघटन फिर्ता लिन राष्ट्रपतिलाई ८ दलको आग्रह

काठमाडौं– आठ राजनीतिक दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग संसद् विघटनको निर्णय