१ सय ९५ घाइते उपचारपछि घर फिर्ता | Khabarhub Khabarhub

१ सय ९५ घाइते उपचारपछि घर फिर्ता


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा–गत आइतबारको हावाहुरीमा परी घाइते भएर वीरगञ्जको विभिन्न अस्पतालमा उपचार गराउँदै आएका १ सय ९५ घाइते उपचार पछि घर फर्केका छन् । स्वास्थ्यमा सुधार आएपछि उनीहरुलाई घर फिर्ता गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मङ्गलबारसम्म वीरगञ्जको विभिन्न अस्पतालमा ४०९ जनाको उपचार हुँदै आएको थियो । बाँकी २१२ घाइतेको उपचार भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । उनले वीरगञ्जको नारायणी अस्पतालमा ४० जना, नेशनल मेडिकलमा १००, वीरगञ्ज हेल्थ केयरमा २६, न्युरो अस्पतालमा १९ तथा गण्डक अस्पतालमा १७ घाइतेलाई भर्ना गरिएको थियो ।

हावाहुरीबाट पर्साको विभिन्न स्थानमा १२२ घर पूर्ण क्षति तथा ३८७ घरमा आंशिक क्षति पुगेको शर्माले जानकारी दिए । उनले हावाहुरीबाट तीन विद्यालय, तीन उद्योग, एउटा मन्दिर र एउटा मस्जिद पूर्णरुपमा क्षति पुगेको छ । राहत वितरण गर्न स्थानीय प्रशासनले विभिन्न सङ्घसंस्थाको समन्वयमा सहायता कक्ष स्थापना गरेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  १० : ०५ बजे

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।