१ सय ९५ घाइते उपचारपछि घर फिर्ता « Khabarhub

१ सय ९५ घाइते उपचारपछि घर फिर्ता


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा–गत आइतबारको हावाहुरीमा परी घाइते भएर वीरगञ्जको विभिन्न अस्पतालमा उपचार गराउँदै आएका १ सय ९५ घाइते उपचार पछि घर फर्केका छन् । स्वास्थ्यमा सुधार आएपछि उनीहरुलाई घर फिर्ता गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मङ्गलबारसम्म वीरगञ्जको विभिन्न अस्पतालमा ४०९ जनाको उपचार हुँदै आएको थियो । बाँकी २१२ घाइतेको उपचार भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । उनले वीरगञ्जको नारायणी अस्पतालमा ४० जना, नेशनल मेडिकलमा १००, वीरगञ्ज हेल्थ केयरमा २६, न्युरो अस्पतालमा १९ तथा गण्डक अस्पतालमा १७ घाइतेलाई भर्ना गरिएको थियो ।

हावाहुरीबाट पर्साको विभिन्न स्थानमा १२२ घर पूर्ण क्षति तथा ३८७ घरमा आंशिक क्षति पुगेको शर्माले जानकारी दिए । उनले हावाहुरीबाट तीन विद्यालय, तीन उद्योग, एउटा मन्दिर र एउटा मस्जिद पूर्णरुपमा क्षति पुगेको छ । राहत वितरण गर्न स्थानीय प्रशासनले विभिन्न सङ्घसंस्थाको समन्वयमा सहायता कक्ष स्थापना गरेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  १० : ०५ बजे

काठमाडौं मनगरको नीति तथा कार्यक्रम सार्वजनिक (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आइतबार १९औँ नगरसभामा आर्थिक

अमेरिकासँग सम्भावित शान्ति सम्झौताको विरोधमा उत्रिए इरानी, इजरायलमा बढ्यो चिन्ता

तेहरान- अमेरिकासँग सम्भावित शान्ति सम्झौतालाई लिएर विरोध सुरू भएको छ।

२४ घण्टामा विपद्का २४ घटना : २ जनाको मृत्यु, १५ जना घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर विभिन्न प्रकारका २४ वटा विपद्का

फ्रान्सविरुद्ध फाइनल खेलाएका पोलिस रेफ्री नै अर्जेन्टिनाको खेलमा दोहोरिँदै

काठमाडौं- साविक विश्वकप विजेता अर्जेन्टिनाले अल्जेरियाविरुद्ध खेल्ने समूह चरणको खेल

स्विट्जरल्यान्डमा जनसङ्ख्या बहस

जेनेभा– स्विट्जरल्यान्डमा आप्रवासन र जनसङ्ख्या वृद्धिलाई लिएर लामो समयदेखि चलिरहेको बहस