नीति तथा कार्यक्रम प्रस्तुत हुने भएपछि कर्मचारीलाई भ्याइनभ्याइ ! « Khabarhub

नीति तथा कार्यक्रम प्रस्तुत हुने भएपछि कर्मचारीलाई भ्याइनभ्याइ !


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौैं– सरकारले आगामी आर्थिक वर्षका लागि तयार पारेको नीति तथा कार्यक्रम आज शुक्रबार प्रस्तुत गर्ने भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक आज बोलाइएको छ ।

अपरान्ह ४ बजे बोलाइएको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीबाट शुक्रबार अपरान्ह्र आव २०७६–७७ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम तय भएपछि नयाँ बानेश्वरस्थित संघीय संसद भवन झकिझकाउ पारिएको छ ।

यही नीति तथा कार्यक्रमका आधारमा आगामी बजेट तय हुनेछ । अघिल्लो वर्ष दुई तिहाई मतसहितको वर्तमान सरकारले ल्याएका नीति तथा कार्यक्रमले शक्तिशाली सरकारले भनेजस्तो कार्यक्रम ल्याउन नसकेको भन्दै आलोचना भएपछि यसपटक समृद्ध मुलुक बनाउने विषय नीति तथा कार्यक्रममा समावेश गरिएको सरकारी पक्षको दाबी छ ।

यही नीति तथा कार्यक्रमलाई टेकेर जनमुखी बजेट ल्याउने अर्थमन्त्रालयले जनाएको छ । यो पटकको बजेटमार्फत जनताले गुनासो गर्ने आधार नराख्ने मन्त्रालयको दाबी छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ११ : २७ बजे

साम्प्रदायिक सद्भाव बिथोलेको आरोपमा मधेशका ५ जिल्लाबाट ३६ जना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधिमा

सुनसरी घटनाका मृतकको शव परिवारले बुझ्यो, आजै अन्त्येष्टि गर्ने तयारी (तस्बिरहरू)

विराटनगर– सुनसरीमा साउन १० मा भएको दोहोरो झडपमा परेर मृत्यु

वीरगन्जमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न चार बुँदे निर्णय

वीरगन्ज– विभिन्न राजनीतिक दल सम्मिलित यहाँ भएको भएको सर्वदलीय बैठकले

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना