अर्जुन–मलाइकाको बिहेलाई लिएर परिणीतिको यस्तो धारणा « Khabarhub

अर्जुन–मलाइकाको बिहेलाई लिएर परिणीतिको यस्तो धारणा


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री परिणीति चोपडा बलिउडमा डेब्यु गरेको झण्डै ८ वर्ष भयो । यी ८ वर्षमा उनले फिल्मको सफलता र असफलतालाई निकै नजिकबाट देखिन् । बलिउड फिल्म क्षेत्रमा केही यस्ता कलाकार छन्, जोसँग परिणीतिको राम्रो कुराकानी हुने गर्छ ।

परिणीतिलाई लाग्छ, बलिउडमा राम्रो साथी पाउन निकै गाह्रो छ । उनले आफूलाई लक्की पनि मान्छिन् । किनकि, उनी अर्जुन कपूरकी मिल्ने साथी हुन् ।

परिणीतिले फिल्म ‘इशकजादे’ बाट आफ्नो फिल्मको करिअर शुरु गरेकी थिइन् । त्यतिबेलादेखि नै यी दुई साथी भए । हालै आएर परिणीतिले अर्जुन कपूरसँगको मित्रतालाई लिएर भनिन्, ‘हाम्रो सम्बन्ध प्रेम र घृणावाला हो, बलिउडमा राम्रो साथी पाउन निकै गाह्रो छ, तर मलाई अर्जुन राम्रो साथीका रुपमा मिल्यो ।’

उनले अर्जुनलाई आफ्नो फोन दिनुपर्दा पनि आफूलाई कुनै गाह्रो नहुने बताइन् । उनका फोनमा ५० वटाभन्दा बढी सेल्फी छन्, ती सबै अर्जुनका हुन् । परिणीतिलाई मलाइकाको बिहेलाई लिएर सोध्दा उनले भनिन्, ‘मलाई थाहा छैन, उनीहरु बिहे गर्दैछन् कि छैनन् ।’

परिणीति चोपडा पछिल्लो समय अक्षय कुमार स्टारर फिल्म ‘केसरी’ मा अभिनय गरेकी थिइन् । उनका केही फिल्म रिलिजको तयारीमा छन् ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ११ : ३६ बजे

दश दिने शिशु च्यापेरै मतदान गर्न पुगिन् रञ्जु दर्शना

काठमाडौं- देशभर चुनावी माहोल तातिइरहेका बेला काठमाडौं क्षेत्र नम्बर १

चुनावकै दिन विरोधमा उत्रिएका नेकपा बहुमतका तीन कार्यकर्ता समातिए

चितवन- चितवनमा अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहँदा केही ठाउँमा निर्वाचन

फागुन २१ मेरो जीवनको पुनर्जन्म हो : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन

तनहुँमा किरियापुत्रीद्वारा मतदान

डुम्रे– प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशैभरि जारी छ ।

आयोगले भन्यो : दिउँसो २ बजेसम्म देशभर ४० प्रतिशत मत खस्यो

काठमाडौं– केही स्थानमा बाहेक देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी