अर्जुन–मलाइकाको बिहेलाई लिएर परिणीतिको यस्तो धारणा « Khabarhub

अर्जुन–मलाइकाको बिहेलाई लिएर परिणीतिको यस्तो धारणा


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री परिणीति चोपडा बलिउडमा डेब्यु गरेको झण्डै ८ वर्ष भयो । यी ८ वर्षमा उनले फिल्मको सफलता र असफलतालाई निकै नजिकबाट देखिन् । बलिउड फिल्म क्षेत्रमा केही यस्ता कलाकार छन्, जोसँग परिणीतिको राम्रो कुराकानी हुने गर्छ ।

परिणीतिलाई लाग्छ, बलिउडमा राम्रो साथी पाउन निकै गाह्रो छ । उनले आफूलाई लक्की पनि मान्छिन् । किनकि, उनी अर्जुन कपूरकी मिल्ने साथी हुन् ।

परिणीतिले फिल्म ‘इशकजादे’ बाट आफ्नो फिल्मको करिअर शुरु गरेकी थिइन् । त्यतिबेलादेखि नै यी दुई साथी भए । हालै आएर परिणीतिले अर्जुन कपूरसँगको मित्रतालाई लिएर भनिन्, ‘हाम्रो सम्बन्ध प्रेम र घृणावाला हो, बलिउडमा राम्रो साथी पाउन निकै गाह्रो छ, तर मलाई अर्जुन राम्रो साथीका रुपमा मिल्यो ।’

उनले अर्जुनलाई आफ्नो फोन दिनुपर्दा पनि आफूलाई कुनै गाह्रो नहुने बताइन् । उनका फोनमा ५० वटाभन्दा बढी सेल्फी छन्, ती सबै अर्जुनका हुन् । परिणीतिलाई मलाइकाको बिहेलाई लिएर सोध्दा उनले भनिन्, ‘मलाई थाहा छैन, उनीहरु बिहे गर्दैछन् कि छैनन् ।’

परिणीति चोपडा पछिल्लो समय अक्षय कुमार स्टारर फिल्म ‘केसरी’ मा अभिनय गरेकी थिइन् । उनका केही फिल्म रिलिजको तयारीमा छन् ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ११ : ३६ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले