सन्दीपका मेट रबाडाको ढाडमा समस्या हुँदा दक्षिण अफ्रिकालाई चिन्ता « Khabarhub

सन्दीपका मेट रबाडाको ढाडमा समस्या हुँदा दक्षिण अफ्रिकालाई चिन्ता


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font


तीव्र गतिका बलर कागिसो रबाडा विश्वकप क्रिकेट २०१९ अगाडि दक्षिण अफ्रिकाको टोलीमा इन्जुरी हुने खेलाडीको सूचिमा पर्न सक्ने सम्भावना रहेको आईसीसीले उल्लेख गरेको छ ।

१२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापीटल्सका प्रभावकारी तीव्र गतिका बलर रबाडाको उत्कृष्ट प्रदर्शनमा दिल्लीले धेरै खेलमा जीत हात पारेको छ । आईपीएलमा सर्वाधिक विकेट लिएका रबाडाको ढाडमा समस्या आएपछि एक खेल गुमाइसकेका छन् ।

दिल्ली क्यापीटल्सबाट खेलिरहेका उनको ढाडमा समस्या देखिएपछि बुधबार राति भएको चेन्नई सुपर किङ्सविरुद्धको खेल गुमाएका हुन् ।

उक्त खेलमा दिल्ली चेन्नईसँग ८० रनको फराकिलो अन्तरले पराजित भएको थियो । दिल्लीले उनको ढाडमा देखिएको समस्या दोहोरिन सक्ने भन्दै उनको अवस्था हेरेर आराम दिएको बताएको छ ।

दिल्लीले उनको समस्यालाई ध्यानमा राख्दै आराम दिएको स्पष्ट पारेको छ भने अझै पनि उनीको स्वास्थ्यको निरीक्षण गरिरहेको जानकारी दिएको छ । आईपीएलमा उनले खेलेका १२ खेलमा २५ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा शीर्ष स्थानमा छन् ।

२५ विकेट लिएका उनी सबैभन्दा बढी ‘डेथ ओभर’मा प्रभावकारी देखिएका छन् । उनले आईपीएलमा कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा सुपर ओभरमा दिल्लीलाई जिताएका थिए ।

क्रिकेट दक्षिण अफ्रिका उनको निको हुने बाटो हेरिरहेको छ । विश्वकपका लागि एक महिनापनि बाँकी नरहँदा खेलाडीलाई चोटले सताएपछि आफ्नो टिमको प्रदर्शन के होला भन्ने चिन्तामा अफ्रिका क्रिकेट रहेको छ ।

यसअघि नै पनि डेल स्टेन आईपीएलबाट सोल्जर इन्जुरीका कारण अफ्रिका फर्किसकेका छन् । दक्षिण अफ्रिकाले आयोजक इङ्ग्ल्यान्डविरुद्ध ३० मे मा उद्घाटन खेल खेल्नेछ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  १२ : ४७ बजे

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र