कर्मचारीको गुनासो वैशाख भित्रै सम्बोधन हुन्छ – मन्त्री पण्डित « Khabarhub

कर्मचारीको गुनासो वैशाख भित्रै सम्बोधन हुन्छ – मन्त्री पण्डित


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले समायोजनमा गएका कर्मचारीहरुको सबै गुनासो वैशाख भित्र सम्बोधन गर्ने तयारी गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले समायोजनमा गएका सबै कर्मचारीहरुको गुनासो सकेसम्म यही वैशाख महिना भित्र सम्बोधन गर्ने तयारी भइरहेको बताए ।

शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले महिला र बिरामी परेका कर्मचारीहरुको गुनासो सुनुवाईको कामलाई पहिलो प्राथमिकतामा राखिने बताए ।

समायोजनका क्रममा श्रीमान् श्रीमतीलाई एकै ठाउँमा रहने गरि खटाउने व्यवस्था रहेको छ ।

सोही कानुनी व्यवस्था अनुसार कर्मचारीहरुको गुनासो सम्बोधनको काम भईरहेको मन्त्री पण्डितको भनाइ छ ।

मन्त्री पण्डितले समायोजनमा गएका प्रशासनतर्फका कर्मचारीहरुको गुनासो सम्बोधन गर्ने काम सकिएको र अहिले स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको गुनासो सम्बोधनको काम भईरहेको पनि जानकारी दिए ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  १ : ५८ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन