कर्मचारी समायोजनको समस्या एक महिनामै समाधान गर्ने सरकारको तयारी « Khabarhub

कर्मचारी समायोजनको समस्या एक महिनामै समाधान गर्ने सरकारको तयारी


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सरकारले कर्मचारी समायोजनका सम्बन्धमा आएका गुनासा यही महिना भित्रै संबोधन गर्ने जनाएको छ ।

साथै समायोजनका क्रममा समस्यामा परेका कर्मचारीका सम्बन्धमा पहिलेको निर्णयमा पुनर्विचार गर्ने पनि सरकारको तयारी छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनाका सम्बन्धमा आएका सबै गुनासा वैशाख महिनाभित्रै संबोधन गर्ने बताए ।

शुक्रबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले भने, ‘समायोजनका सन्दर्भमा प्रशासन समूहका कर्मचारीको धेरैजसो टुंगिसकेको छै । स्वास्थ्यमा धमाधम काम भइरहेको छ ।’

मन्त्री पण्डितले समायोजन सम्बन्धी सबै गुनासोको एक हप्ताभित्रै समाधान गर्नेगरी काम भइरहेको उल्लेख गर्दै बढीमा यो महिनाभित्र सबै काम सकिने बताए ।

‘महिला र कडा रोग लागेका कर्मचारीको गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको छ । महिलालाई उहाँहरुको पहिलो रोजाइलाई प्राथमिकता दिइएको छ,’ पण्डितले भने, ‘कडा रोग लागेका कर्मचारीलाई उपचारको लागि पायक पर्ने र परिवारको नजिक पर्ने गरी व्यवस्थापन गर्ने काम भइरहेको छ ।’

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  २ : २८ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट