कर्णालीको विकासका लागि गुरुयोजना बनाउँदै प्रदेश सरकार « Khabarhub

कर्णालीको विकासका लागि गुरुयोजना बनाउँदै प्रदेश सरकार


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– कर्णाली प्रदेशकाे विकासका लागि आगामी ६ महिनाभित्रै गुरुयोजना तयार पारिने भएको छ ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकासका लागि गुरुयोजना तयार पारिने बताएका हुन् ।

शुक्रबार संघीय राजधानी काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा मुख्यमन्त्री शाहीले आगामी ६ महिनामा कर्णाली प्रदेशको विकासका लागि गुरुयोजना तयार पारिने बताए  ।  सडक, बिजुलीलगायतका क्षेत्रमा ध्यान दिएको र एकीकृत बस्ती विकास कार्यक्रम अघि बढाउन लागिएको पनि उनले जानकारी दिए ।

मुख्यमन्त्री शाहीले  संघीय सरकारले प्रदेश र स्थानीय तहका सरकारलाई समन्वय गरेर काम गर्न नसकेको धारणा राखे । ‘संघ, प्रदेश र स्थानीय तह सरकारबीच समन्वय हुन नसकेर काममा विवाद भएको छ,’ उनले भने, ‘स‌ंघले प्रदेश र स्थानीय तहलाई समन्वय गर्न अगाडि बढ्नुपर्ने छ ।’

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  २ : ४९ बजे

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको