नेपालमा फानीको प्रभाव– सगरमाथाको दोस्रो क्याम्पबाट २० वटा टेन्ट उडायो « Khabarhub

नेपालमा फानीको प्रभाव– सगरमाथाको दोस्रो क्याम्पबाट २० वटा टेन्ट उडायो


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हावाहुरीले सगरमाथा आरोहण दलका सदस्यका लागि राखिएको करीब २० वटा टेन्ट उडाएको छ ।

सरगरमाथा आरोहणका लागि बनाइएको दोस्रो क्याम्पमा रहेका करिब २० बटा टेन्ट नष्ट भएको एक्सपीडिसन एसोशिएसनका सचिव इश्वरी पौडेलले जानकारी दिए । उनले ७ हजार मिटरभन्दा माथि कालो बादलले छोपेको र हावाको गति पनि ८०–९० किमि प्रतिघन्टाको गतिमा चलेको बताए ।

बंगालको खाडीबाट चलेको चक्रवात फानीका कारण शुक्रवार नेपालमा पनि प्रभाव पार्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् विभूति पोखरेलले हिमाली क्षेत्रमा फानीले प्रभाव पार्ने बताइन् ।

‘हामीले धेरै अघिदेखि भरिहेका छौं । यसको प्रभाव कत्तिको पर्छ अहिले नै भन्न सक्ने अवस्था छैन । त्यसैले सबै आआफ्नो रुपमा सचेत हुनुपर्छ,’ पोखरेलले भनिन्, ‘विशेषगरी हिमाली क्षेत्रमा मानिसले धेरै सचेतना अपनाउनुपर्ने देखिएको छ । सकेसम्म हिमाल आरोहण गर्ने व्यक्तिहरु तल र सुरक्षित ठाउँमा बस्नु राम्रो हुनेछ ।’

समुन्द्री आँधी जमिनमा पुग्नेवित्तिकै प्रभाव कम पर्ने भएकाले नेपालमा ठूलो असर नगर्ने अनुमान गरिएको उनको भनाइ छ ।  यसको प्रभाव आज शुक्रबार र भोलि शनिबारसम्म हुने उनले बताइन् ।

यसैबीच पर्यटन विभागले पनि शुक्रबार सूचना जारी गरी पर्यटक र तीनका एजेन्सीहरुलाई सचेत गराएको छ।  ‘स्थानीय मौसमको ख्यालगरी आफू र आफ्ना पर्यटकलाई सुरक्षित स्थानमा राख्न’ भनेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ३ : ५८ बजे

कृषि बैंकद्वारा ५० प्रतिशत कर्जा कृषि क्षेत्रमा लगानी

काठमाडौं– कृषि विकास बैंक लिमिटेडले समग्र कर्जा वृद्धि लक्ष्यको ५०

करिब साढे नौ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले

कार्यकर्तासँग ओलीले भने- ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौँ 

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा

इरान-अमेरिका तनाव चर्कियो

एजेन्सी – इरानमा विरोध प्रदर्शनमाथि भएको कडा दमनको पृष्ठभूमिमा इरानका

विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं– पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ