आउँदो आर्थिक वर्षबाटै पूर्वपश्चिम रेलमार्ग : राष्ट्रपति « Khabarhub

आउँदो आर्थिक वर्षबाटै पूर्वपश्चिम रेलमार्ग : राष्ट्रपति


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा पेश गर्दै आगामी आर्थिक वर्षभित्रै पूर्वपश्चिम रेलमार्गको निर्माणको काम शुरु हुने उनले बताएकी छिन् ।

आज बसेको संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रमले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने उद्धेश्य राखेको बताइन् ।

उनले दिगो विकास, असमानता अन्त्य र विधिको शासनलाई नीति तथा कार्यक्रमले प्राथमिकतामा राखेको भन्दै संघ, प्रदेश र स्थानीय तहबिचको सम्बन्ध सुदृढ बनाउने समेत बताइन् ।

आगामी साउनदेखि लागू हुन लागेको १५ औँ आवधिक योजना कार्यान्वयन हुने भन्दै उनले २१ सय सम्ममा उच्च मध्यमस्तरीय आय भएको मुलुक बनाउने मुख्य उद्धेश्य रहेको छ ।

आर्थिक वृद्धिदरलाई आगामी ४ वर्षभित्र दोहोरौ अंकमा पुर्‍याउने, अर्थतन्त्रका प्रमुख संवाहक क्षेत्रमा सरकारी लगानी गर्ने, नीजी क्षेत्रलाई समेत प्रोत्साहन गर्ने, नागरिकलाई ठूला आयोजनामा लगानीका लागि आह्वान गर्ने, राष्ट्रिय गौरवका आयोजना निर्धारित समयमा सम्पन्न गर्नेगरी सरकारको नीति तथा कार्यक्रम बनेको राष्ट्रपति भण्डारीले बताइन् ।

२०२१ सम्ममा पोखरा र २०१९ भित्रैमा भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सक्ने लक्ष्य लिएको नीति तथा कार्यक्रमले मेलम्ची आयोजना आगामी आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्नेगरी बजेटको व्यवस्था मिलाउने उनल बताइन् ।

मध्यपहाडी लोकमार्ग, काठमाडौँ तराई फाष्ट ट्रयाक र लोकमार्गको आगामी ४ वर्षभित्रै निर्माण सम्पन्न गर्ने र आगामी आर्थिक वर्षभित्रै पूर्वपश्चिम रेलमार्गको निर्माणको काम शुरु हुने उनले बताइन् ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ४ : ५२ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले