नागरिकता ‘विवाद’पछि अक्षय कुमारको यस्तो गुनासो « Khabarhub

नागरिकता ‘विवाद’पछि अक्षय कुमारको यस्तो गुनासो


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – २९ अप्रिलमा बलिउड सेलिब्रेटी भोट हाल्न गइरहेका थिए । तर अक्षय कुमार कहीँ पनि देखिएनन् । देशभक्तिको ब्रान्ड एम्बेस्डर मानिने अक्षय कुुमारको तस्वीरको धेरैलाई प्रतीक्षा थियो । तर उनको कुनै तस्वीर आएन । किनकि उनीसँग क्यानडाको पासपोर्ट छ ।

यही कारणले गर्दा अक्षय कुमारले भारतका फ्यानमाझ विवाद पनि खेप्नुप–यो । यसका बारेमा अक्षयले कुनै ट्वीट पनि गरेका थिएनन् । तर यो कुराले उनलाई निकै नरमाइलो बनाएको रहेछ ।

यसैबीच अक्षय कुमारले एक समाचार एजेन्सीलाई दिएको धारणा अनुसार भारतीय दर्शकले नागरिकतालाई किन विषय बनाएका छन् भन्नेमा आफूले नबुझेको बताएका छन् ।

उनको भनाइ भन्दै एजेन्सीले लेखेको छ, ‘मैले बुझिरहेको छैन कि, मान्छेले मेरो नागरिकतामा किन सवाल उठाइरहेका छन्, जब मैले नै लुकाएको छैन कि, मसँग क्यानडाको पासपोर्ट छ, यो पनि पक्का हो कि, पछिल्ला ७ वर्षदेखि म क्यानडा गएको छैन, मैले भारतमै काम गरिरहेको छु, ट्याक्स पनि तिरिरहेको छु ।’

अक्षय कुमारले नागरिकता र भोटको सवाल उठाएकोमा आफू दुःखी भएको बताएका छन् ।

पछिल्लो समय अक्षय कुमारको नागरिकताको विषयलाई लिएर उनीमाथि प्रश्न उठेका थिए । तर, उनले यस्ता कुरालाई यसै टारिदिने गरेका थिए ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ६ : ०२ बजे

दश दिने शिशु च्यापेरै मतदान गर्न पुगिन् रञ्जु दर्शना

काठमाडौं- देशभर चुनावी माहोल तातिइरहेका बेला काठमाडौं क्षेत्र नम्बर १

चुनावकै दिन विरोधमा उत्रिएका नेकपा बहुमतका तीन कार्यकर्ता समातिए

चितवन- चितवनमा अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहँदा केही ठाउँमा निर्वाचन

फागुन २१ मेरो जीवनको पुनर्जन्म हो : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन

तनहुँमा किरियापुत्रीद्वारा मतदान

डुम्रे– प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशैभरि जारी छ ।

आयोगले भन्यो : दिउँसो २ बजेसम्म देशभर ४० प्रतिशत मत खस्यो

काठमाडौं– केही स्थानमा बाहेक देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी