नागरिकता ‘विवाद’पछि अक्षय कुमारको यस्तो गुनासो « Khabarhub

नागरिकता ‘विवाद’पछि अक्षय कुमारको यस्तो गुनासो


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – २९ अप्रिलमा बलिउड सेलिब्रेटी भोट हाल्न गइरहेका थिए । तर अक्षय कुमार कहीँ पनि देखिएनन् । देशभक्तिको ब्रान्ड एम्बेस्डर मानिने अक्षय कुुमारको तस्वीरको धेरैलाई प्रतीक्षा थियो । तर उनको कुनै तस्वीर आएन । किनकि उनीसँग क्यानडाको पासपोर्ट छ ।

यही कारणले गर्दा अक्षय कुमारले भारतका फ्यानमाझ विवाद पनि खेप्नुप–यो । यसका बारेमा अक्षयले कुनै ट्वीट पनि गरेका थिएनन् । तर यो कुराले उनलाई निकै नरमाइलो बनाएको रहेछ ।

यसैबीच अक्षय कुमारले एक समाचार एजेन्सीलाई दिएको धारणा अनुसार भारतीय दर्शकले नागरिकतालाई किन विषय बनाएका छन् भन्नेमा आफूले नबुझेको बताएका छन् ।

उनको भनाइ भन्दै एजेन्सीले लेखेको छ, ‘मैले बुझिरहेको छैन कि, मान्छेले मेरो नागरिकतामा किन सवाल उठाइरहेका छन्, जब मैले नै लुकाएको छैन कि, मसँग क्यानडाको पासपोर्ट छ, यो पनि पक्का हो कि, पछिल्ला ७ वर्षदेखि म क्यानडा गएको छैन, मैले भारतमै काम गरिरहेको छु, ट्याक्स पनि तिरिरहेको छु ।’

अक्षय कुमारले नागरिकता र भोटको सवाल उठाएकोमा आफू दुःखी भएको बताएका छन् ।

पछिल्लो समय अक्षय कुमारको नागरिकताको विषयलाई लिएर उनीमाथि प्रश्न उठेका थिए । तर, उनले यस्ता कुरालाई यसै टारिदिने गरेका थिए ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ६ : ०२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै