मुलपानी रंगशाला दुई वर्ष भित्र सञ्चालनमा आउने « Khabarhub

मुलपानी रंगशाला दुई वर्ष भित्र सञ्चालनमा आउने


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलपानीमा निर्माणाधिन अन्तराष्ट्रिय क्रिकेट रंगशाला २ वर्षभित्र संचालनमा आउने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा मुलपानीको रंगशाला २ वर्षभित्र सञ्चालनमा ल्याइने उल्लेख गरिएको छ ।

निजी क्षेत्रको अग्रसरतामा हुने क्रिकेट खेल लगायतका खेलमैदानलाई सरकारले प्रोत्साहन गर्ने नीति तथा कार्यक्रममा उल्लखे गरिएको छ ।

क्रिकेट खेलको विकासका लागि एकेडेमीको स्थापना गर्ने लक्ष्य सरकारले लिएको छ ।

काठमाडौंमा अन्तराष्ट्रिय स्तरको खेलकुद परिसर स्थापना गर्न आगामि आर्थीक वर्षमा विस्तृत परियोजना प्रतिवेदन तयार गरिने नीति तथा कार्यक्रममा जनाइएको छ ।

७ प्रदेशमा सुविधासम्पन्न रंगशाला र स्थानीय तहमा दिर्घकालीन रुपमा काम लाग्ने खेल क्षेत्रको संरचना विकास गर्ने लक्ष सरकारले लिएको छ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता भव्यरुपमा सम्पन्न गर्ने सरकारले जनाएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ६ : ०४ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको