राजतन्त्र बिदा गरेका नेपालीलाई ‘रानी’ बोक्ने रहर छैन–कांग्रेस प्रवक्ता शर्मा | Khabarhub Khabarhub

राजतन्त्र बिदा गरेका नेपालीलाई ‘रानी’ बोक्ने रहर छैन–कांग्रेस प्रवक्ता शर्मा


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकाको नीति तथा कार्यक्रम प्रश्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भनेकोमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गर्दै देशमा नेपाली जनताले बनाएको नेपाल सरकार छ कि राष्ट्रपतिको सरकार ? भन्दै प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट लेख्दै प्रवक्त शर्माले कुनै बेला श्री ५ को सरकार थियो, राजाले ‘मेरो सरकार’ भनेर सम्बोधन गर्थे । आज राष्ट्रपतिले उही शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा व्यवस्था छ ? भनि प्रश्न गरेका छन् ।

‘राष्ट्रपतिलाई राष्ट्रपति नै रहन दिऊँ सरकार, राजतन्त्र विदा गरेका नेपाली नागरिकलाई ‘रानी’ बोक्ने कुनै रहर छैन’ उनले अगाडि भनेका छन्,‘दशैंको टीका प्रकरण अनि आजको ‘मेरो सरकार’ सामान्य त्रुटि विल्कुलै होइन ।’

सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सट्टा ‘मेरो सरकार’ भनेकोमा सामाजिक सञ्जालहरुमा आलोचना भइरहेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ६ : ३० बजे

‘लगानीकर्ता फजुल खर्च होइन, विवेकशील ढङ्गले लगानी गर्न आउँछन्‌’ : पूर्वगभर्नर क्षेत्री

काठमाडौं – पूर्वगभर्नर एवम्‌ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले

आम जनता र समाजवादी जनएकताबीच एकीकरण

काठमाडौं– आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता

‘लगानी सम्मेलन तयारी उत्कृष्ट छैन, नपुगेको पनि हैन’ : खतिवडा

काठमाडौं – पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकमा लगानीमैत्री वातावरण बनाउन

भारतका दुई मसाला ब्राण्डमाथि अमेरिकामा पनि अनुसन्धान शुरू

एजेन्सी – हङकङ र सिङ्गापुरमा बिक्री प्रतिबन्ध लागेको भारतीय दुई

इलाममा ६८ प्रतिशत मतदान

इलाम – इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका