सरकारको नीति तथा कार्यक्रम– के भने सांसदले ? « Khabarhub

सरकारको नीति तथा कार्यक्रम– के भने सांसदले ?


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले संसदमा पेश गरेको वार्षिक नीति तथा कार्यक्रम महत्वाकांक्षी भएको स्वयं सत्तारुढ दलका सांसदहरुले जनाएका छन् ।

सत्तारुढ दल नेकपाका सांसद समेत रहेका पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नीति तथा कार्यक्रममा समावेश भएका विषय आगमी दिनमा बजेटमा समावेश हुन्छ कि हुँदैन भन्ने प्रश्न महत्वपूर्ण भएको बताए । उनले नीति तथा कार्यक्रममा कतिपय विषयलाई ठूलो मात्राको बजेट आवश्यक हुने तर्क गरे ।

त्यस्तै नेकपाका अर्का सांसद एवं पूर्व कानूनमन्त्री शेरबहादुर तामाङले कार्यक्रम राम्रा र धेरै आएको उल्लेख गर्दै कार्यान्वयन गर्न बजेट अभाव हुने आशंका व्यक्त गरे । उनले योजनाहरु कार्यान्वयन गर्न २ सय खर्ब चाहिने भन्दै अहिलेको बजेटले यसलाई कार्यान्वयन गर्ने अवस्था नरहेको तर्क गरे ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सरकारकाले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सरकारको हो कि महामहिमज्यूको भनि प्रश्न गरे । उनले अघिल्लो वर्ष ४८ पेजको नीति तथा कार्यक्रम केपी ओली नेतृत्वको सरकारले ल्याएको तर काम त्यस अनुसार काम हुन नसक्दा कहिँ पनि आत्मआलोचना नगरेको टिप्पणी गरे ।

जनता निराश भएको सरकारलाई थाहा नभएको र यो वर्ष देशमा रामराज्य आयो भन्ने खालको व्यवहार सरकारको रहेको थापाको भनाइ थियो ।  उनले अर्को वर्ष रामले नदेखेको रामराज्य बनाउने कुरा नीति तथा कार्यक्रममा राखिएको टिप्पणी गरे ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ७ : ४१ बजे

केप भर्डका गोलरक्षककी आमाले पाइन् अमेरिकी भिसा, मियामीमा भेट हुने

वासिङ्टन – जारी फिफा विश्वकप २०२६ मा सनसनीपूर्ण प्रदर्शन गरिरहेका

क्रोएसियामाथि इङ्गल्यान्ड ४–२ ले विजयी, कप्तान केनले बनाए कीर्तिमान

टेक्सास – कप्तान ह्यारी केनको दुई गोलको मद्दतले इङ्गल्यान्डले फिफा

अमेरिका-इरान युद्ध रोक्ने समझदारीमा डिजिटल हस्ताक्षर

वासिङ्टन – अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने उद्देश्यका

कंगोसँग पोर्चुगलको बराबरी: रोनाल्डो गोल गर्न चुके

काठमाडौँ – उपाधि दाबेदार मानिएको पोर्चुगल फिफा विश्वकप २०२६ को

आज २०८३ साल असार ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ४ गते बिहीबार । सन्