सरकार राजा महेन्द्रभन्दा पनि निरंकुश : नेता कोइराला | Khabarhub Khabarhub

सरकार राजा महेन्द्रभन्दा पनि निरंकुश : नेता कोइराला


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले साईबर क्राइम सम्बन्धी कानूनको दुरुपयोग गरेर सरकारले पत्रकारहरुलाई तर्साउन खोजेको आरोप लगाएका छन् ।

नेता कोइरालाले संचार सम्बन्धी कानून निर्माणमा सरोकारवालासॅग छलफल नै नगरेर प्रेस जगतलाई अपमान गरेको बताए ।

नेपाल प्रेस युनियन काभ्रेको छैठौं अधिवेशनलाई बनेपामा उदघाटन् गर्दै नेता कोइरालाले भने ‘अदालतले रिहाई गर्छ,अदालत परिसरमै उक्त पत्रकारलाई पक्राउ गरिन्छ। यो भन्दा निरंकुशता के हुन्छ ?’

प्रेस र संचारका सम्बन्धमा अहिलेको सरकार राजा महेन्द्र भन्दा निरंकुश देखिएको बताउँदै प्रेसले स्वतन्त्ररुपले काम गर्न नपाए समग्र राजनीतिक प्रक्रिया नै कमजोर हुने धारणा राखे ।

विश्वका अधिनायकवादीहरुले आफ्नो आलोचना गर्ने संचार माध्यमलाई ‘फेक मिडिया’ को आरोप लगाउॅदै आएको उदाहरण प्रस्तुत गर्दै डा कोइरालाले अहिलेको सरकार पनि त्यही बाटोमा लागेको आरो लगाए ।

पछिल्ला दिनमा राजनितीक दलहरु र मिडियाहरुले विश्वसनियता गुमाएको बताउँदै उनले संचारकर्मीहरुलाई जिम्मेवार बन्न आग्रह गरे ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शिब हुमागॉई, काभ्रे कांग्रेसका सभापती मधु आचार्य, पूर्वराज्यमन्त्री कंचनचन्द्र बादे, पूर्व सांसद डा शोभाकर पराजुली लगायतले आ–आफ्नो धारणा राखेको थिए ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ८ : १५ बजे

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी

भारत केरलाकी नर्सलाई यमनमा मृत्युदण्डको सजाय : ‘ब्लडमनी’ अन्तिम विकल्प

काठमाडौं– यमनमा भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्डको मिति आउन केही