सरकार राजा महेन्द्रभन्दा पनि निरंकुश : नेता कोइराला « Khabarhub

सरकार राजा महेन्द्रभन्दा पनि निरंकुश : नेता कोइराला


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले साईबर क्राइम सम्बन्धी कानूनको दुरुपयोग गरेर सरकारले पत्रकारहरुलाई तर्साउन खोजेको आरोप लगाएका छन् ।

नेता कोइरालाले संचार सम्बन्धी कानून निर्माणमा सरोकारवालासॅग छलफल नै नगरेर प्रेस जगतलाई अपमान गरेको बताए ।

नेपाल प्रेस युनियन काभ्रेको छैठौं अधिवेशनलाई बनेपामा उदघाटन् गर्दै नेता कोइरालाले भने ‘अदालतले रिहाई गर्छ,अदालत परिसरमै उक्त पत्रकारलाई पक्राउ गरिन्छ। यो भन्दा निरंकुशता के हुन्छ ?’

प्रेस र संचारका सम्बन्धमा अहिलेको सरकार राजा महेन्द्र भन्दा निरंकुश देखिएको बताउँदै प्रेसले स्वतन्त्ररुपले काम गर्न नपाए समग्र राजनीतिक प्रक्रिया नै कमजोर हुने धारणा राखे ।

विश्वका अधिनायकवादीहरुले आफ्नो आलोचना गर्ने संचार माध्यमलाई ‘फेक मिडिया’ को आरोप लगाउॅदै आएको उदाहरण प्रस्तुत गर्दै डा कोइरालाले अहिलेको सरकार पनि त्यही बाटोमा लागेको आरो लगाए ।

पछिल्ला दिनमा राजनितीक दलहरु र मिडियाहरुले विश्वसनियता गुमाएको बताउँदै उनले संचारकर्मीहरुलाई जिम्मेवार बन्न आग्रह गरे ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शिब हुमागॉई, काभ्रे कांग्रेसका सभापती मधु आचार्य, पूर्वराज्यमन्त्री कंचनचन्द्र बादे, पूर्व सांसद डा शोभाकर पराजुली लगायतले आ–आफ्नो धारणा राखेको थिए ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ८ : १५ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील