धर्म प्रचार गरेको पुष्टि भएपछि सम्झौता तोडिएको विश्विवद्यालयसँग फेरि सम्झौता « Khabarhub

धर्म प्रचार गरेको पुष्टि भएपछि सम्झौता तोडिएको विश्विवद्यालयसँग फेरि सम्झौता


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — आज प्रकाशित कान्तिपुर दैनिकले कान नसिकएका १८ सय ठेक्का भंग हुँदै अन्नपूर्ण चुमेको त्यो दिन र अली दाहाल भेट शीर्षकको समाचार पहिलो पृष्ठमा प्रकाशन गरेको छ ।

त्यस्तै धर्म प्रचारक युनिभर्सिटीसित फेरि सम्झौता शीर्षकको समाचार पनि पहिलो पृष्ठमा प्रकाशन गरिएको छ । समाचारमा भनिएको छ–त्रिभुवन विश्वविद्यालयले दक्षिण कोरियाको काङनाम विश्वविद्यालयसित फेरि सम्झौता गरेको छ। त्रिविले उक्त विश्वविद्यालय धर्म प्रचारमा जोडिएको पाएपछि यसअघिको सम्झौता तोडेको थियो ।

उक्त विश्वविद्यालयले गत बुधबार काठमाडौंमा एक समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधि प्रदान गरेको थियो। यसलगत्तै त्रिवि उपकुलपति तीर्थराज खनियाँले उक्त विश्वविद्यालयसित समझदारीपत्रमा (एमओयू) मा हस्ताक्षर गरेका हुन्।

‘त्रिवि उपकुलपतिले काङनाम विश्वविद्यालयसित शैक्षिक कार्यक्रम सञ्चालन समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ,’ त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक भूपप्रसाद धमलाले भने, ‘पाँच वर्षका लागि शैक्षिक कार्यक्रममा समझदारी भएको हो। जसमा अध्ययन, अनुसन्धानजस्ता बुँदागत कार्यक्रम छन्।’

काङनाम विश्वविद्यालयले डेढ दशकअघि त्रिभुवन विश्वविद्यालयसित ‘विशेष आवश्यकता शिक्षा’ (स्पेसल निड्स एजुकेसन/एसएनई) का निम्ति समझदारी गरेको थियो ।

त्रिवि शिक्षाशास्त्र संकायअन्तर्गत कीर्तिपुरमा सञ्चालित एकवर्षे बीएड कार्यक्रममा पठनपाठन गराइएको थियो। विद्यार्थीलाई मासिक चार हजार रुपैयाँ छात्रवृत्ति दिइएको थियो।

उक्त विश्वविद्यालयबाट हरेक वर्ष कोरियाका विद्यार्थी र अन्य गरी सय जनाभन्दा बढीको टोली नेपाल भ्रमणमा आउने गर्थ्यो। कोरियाली टोलीले केही दिन काठमाडौंमा औपचारिक कार्यक्रम गर्ने र त्यसपछि पोखरा भ्रमण गर्ने भन्दै दुर्गम गाउँमा पुगेर धर्म प्रचार गर्थ्यो । धर्म प्रचार गरेको पुष्टि भएपछि अवधि नपुग्दै त्रिविले उक्त विश्वविद्यालयसित सम्झौता तोडेको थियो।

अहिले सम्झौता भएको कार्यक्रम त्रिविको कुन संकायमा सञ्चालन हुने भन्नेबारे आफूलाई जानकारी नरहेको कार्यकारी निर्देशक धमलाले प्रस्ट्याए। ‘मेरो काम विश्वका विभिन्न विश्वविद्यालयसित समन्वय गर्ने मात्रै हो,’ उनले भने, ‘यसको कार्यान्वयनबारे उपकुलपतिलाई सोध्नोस्।’ उपकुलपति खनियाँ हाल विदेश भ्रमणमा छन् । उपकुलपतिको कार्यवाहक अधिकार पाएकी रेक्टर सुधा त्रिपाठीले ‘एमओयूबारे आफूलाई कुनै जानकारी नरहेको’ दाबी गरिन्।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ७ : २० बजे

कार्की आयोगको प्रतिवेदन तत्कालै कार्यान्वयनमा लैजाने सरकारको निर्णय

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले भदौ २३ र

भूमिमन्त्रीको पहिलो निर्णय-समस्याग्रस्त सहकारीका विषयमा जानकार छु, समाधान गर्छु

काठमाडौं– नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले पदभार

बालेनले सस्मितलाई बनाए सरकारको प्रवक्ता

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा, युवा तथा

बेपत्ता मुस्ताङ एयरको हेलिकप्टरमा थिए पाइलटसहित ५ यात्रु 

काठमाडौं– दोलखाबाटको ल्याप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टरमा

खेलकुदमन्त्रीले भने- खेल क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणलाई अन्त्य गर्छु

काठमाडौं– नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री