हुन्डीबाट आउने पैसालाई रोक्न विदेश जानुअघि बैंक खाता अनिवार्य « Khabarhub

हुन्डीबाट आउने पैसालाई रोक्न विदेश जानुअघि बैंक खाता अनिवार्य


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले विदेश जानुअघि अनिवार्य बैक खाता खोल्नुपर्ने व्यवस्था सरकारले लागू गर्ने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारी क्षेत्रमा भइरहेको ठगी नियन्त्रण गर्न र विदेशमा कार्यरत रहेका कामदारको कमाइ बैकिङ च्यानलबाट रेमिट्यान्स भिक्राउन अनिवार्य बैक खाताको व्यवस्था लागू गर्ने लागिएको हो ।

अर्थमन्त्री युवराज खतिवडाले गत बुधबार संघीय संसद्को संयुक्त बैठकमा सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को बजेटमा वैदेशिक रोजगारीमा रहेका युवाले बैंकमार्फत रेमिट्यान्स भित्र्याउन व्यवस्था मिलाइने घोषणा गरेसँगै श्रम मन्त्रालयले यसलाई कार्यन्वयनमा ल्याउन लागेको जानकारी दिएको छ ।

वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर हालसम्म ५६ लाख नेपाली श्रमिक वैदेशिक रोजगारीमा गएका छन् । हाल वैदेशिक रोजगारीमा करिब ४४ लाख श्रमिक रहेको सरकारी अनुमान छ । यति धेरै संख्यामा वैदेशिक रोजगारीमा नेपाली युवा गएपनि रेमिट्यान्स अपेक्षित नभिझिएको अर्थ मन्त्रालयको बुझाइ छ ।

ठूलो संख्यामा नेपाली श्रमिक वैदेशिक रोजगारीमा जाँदासमेत रेमिट्यान्स बैकिङ च्यानलबाट आउन नसकेपछि अनिवार्य बैक खाता खोलेर मात्र विदेश जानुपर्ने योजनाअघि सरेको श्रम मन्त्रालयका सहसचिव उमेश ढुगांनाले बताए ।

‘वैदेशिक रोजगारीमा कार्यरत ठूलो संख्याका युवाले हुण्डीमार्फत पैसा पठाइरहेका छन् । यसरी हुण्डीमार्फत आउने पैसा बैकिङ च्यानलबाट ल्याउन सक्यो भने अर्थतन्त्र सहयोग पुग्छ ।’ सहसचिव ढुगांनाले भने, ‘गन्तव्य मुलुकमै पुगेर व्यापारीले हुण्डी कारोबार गर्ने गरेकाले बैंकिङ च्यानलमार्फत धेरै रेमिट्यान्स आउदैन । यसरी आउने रेमिट्यान्स बैकबाट ल्याउन विदेशी जाने कामदारलाई अनिवार्य बैकको खाता आवश्यक पर्छ ।’ वैदेशिक रोजगारीमा गएका युवा संख्याको आधारमा रेमिट्यान्स न्यून मात्रमा भिक्रिरहेको उनको भनाइ छ ।

नेपाली श्रमिक जाने कतिपय देशमा नेपाली बैकको सुविधा छैन । कतिपय बैकले स्रोत देशका बैकसँग समझदारी गर्ने नसक्दा श्रमिक बैकबाट पैशा पठाउन सकिरहेका छैन ।

नेपाली श्रमिकको प्रमुख गन्तव्य देशमा पनि सरकारले र्बैकिङ सेवा विस्तार गर्ने सकेको छैन । जसका रोजगारीमा गएका श्रमिक समस्या परिरहेका छन् । बैकिङ पहुँच नहुँदा हुण्डीमार्फत पैसा नेपाल पठाउने हुँदा कतिपय श्रमिकको पैसा फस्ने गरेको छ । सरकारले पछिल्लो समय स्रोत देशसँग श्रमिकले पाउने पारिश्रमिक पनि बैकबाट दिने व्यवस्था गर्ने आग्रह गरिरहेको छ ।

चालु आर्थिक वर्ष सुरु भएको १० महिनामा ५ खर्बभन्दा धेरै रेमिट्यान्स भिक्रिएको राष्ट्र बैकको तथ्याकमा उल्लेख छ । यस्तै, गत आर्थिक वर्ष विभिन्न मुलुकमा पुगेका श्रमिकले खर्ब ५५ अर्ब रुपैयाँ रेमिट्यान्स पठाएका छन् ।

वैदेशिक रोजगारीमा जाने श्रमिकको लागत रोजगारदाताबाटै बेहोर्ने गरी गन्तव्य मुलुकसँग द्विपक्षीय श्रम सम्झौताका लागि हाल श्रम मन्त्रालय पहल गरिरहेको छ । सरकारले विश्वका १ सय १० देशमा कामदार आपूर्ति गर्दै आएपनि ८ देशसँग मात्र श्रम सम्झौता गरेको छ ।

सरकारले पछिल्लो समय सरकारीस्तरमा श्रम सम्झौता गरेमात्र वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्ने योजनाअघि सारेको छ । श्रम तथा रोजगार क्षेत्रलाई व्यवस्थीत गर्ने सरकारले आर्थिक वर्ष २०७६/७७ मा ७ अर्ब १४ करोड बजेट विनियोजन गरिएको छ । हाल, वैदेशिक रोजगारीमा दैनिक करिब ८ सय जाने गरेका छन् ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ८ : २३ बजे

५४ वर्षपछि अमेरिकी रक्षा मन्त्री राष्ट्रपतिसँगै चीन पुगे

बेइजिङ- अमेरिकी रक्षा मन्त्री पिट हेगसेथ राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै चीन

निर्माण व्यवसायी आन्दोलनमा, देशभर धर्ना

काठमाडौँ– नेपाल निर्माण व्यवसायी महासंघले देशभर निर्माण सामाग्रीको मूल्य समायोजन

संसदमा एमालेको प्रश्न : ‘कतै बालेनतन्त्र त हावी हुन आँटेको होइन ?’

काठमाडौँ– विपक्षी दल नेकपा एमालेले मुलुकमा कतै बालेन तन्त्र हावी

आफैँले बनाएको नियमावलीलाई लत्याउँदै संसद्‍मा विपक्षीको विरोध

काठमाडौँ– संसद्‍मा विपक्षी दलहरूले नियममा नै नभएको विषयलाई लिएर सदनमा

प्रधानमन्त्री उपस्थित नभए सदन चल्न दिँदैनौँ : कांग्रेस

काठमाडौँ– नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारले सार्वजनिक गरेको नीति