राष्ट्रिय जागरण अभियानको दोश्रो राष्ट्रिय भेला सम्पन्न « Khabarhub

राष्ट्रिय जागरण अभियानको दोश्रो राष्ट्रिय भेला सम्पन्न


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–‘राष्ट्रिय जागरण अभियान,नेपाल’को दोश्रो राष्ट्रिय भेला सम्पन्न भएको छ ।

जेष्ठ १७ र १८ गते ५३ जिल्लाका प्रतिनिधिहरुको उपस्थितिमा भेला सम्पन्न भएको हो । देशको बिग्रँदो परिस्थितिका कारणहरु र यसको समाधानको उपायका बारेमा केन्द्रित सो भेलाले संस्थाको नामलाई परिमार्जन गरेर ‘राष्ट्रिय पुर्जागरण अभियान, नेपाल’ राख्ने निर्णय गरेको छ ।

संस्थाका संस्थापक भरत दाहालका अनुसार अभियानको ध्यान एजेन्डामा मात्र नबहकिएर देशलाई समग्रमा बुझ्ने विचारको विकासमा केन्द्रित रहेको छ र यसले ‘राष्ट्र पहिलो’ भन्ने नारालाई अगाडि बढाएको छ । १२ बुँदे समझदारी नेपालको विघटनको योजनामा गरिएको विदेशी डिजाईन हो भन्ने भेलाले निष्कर्ष निकालेको छ ।

भेलालाई लेखक तथा विष्लेषक सौरभ, सुरक्षा विद् डा. प्रेमसिंह बस्न्यात, प्रशासन विद् डा. शास्त्रदत्त पन्त र चीनका लागि पूर्व नेपाली राजदूत टंक कार्कीले शुभ–कामनासहित मन्तव्य राखेका थिए ।

त्यस्तै लोक गायक बद्रि पंगेनी र संगितकार शिव पौडेलले गीतहरु प्रस्तुत गरेका थिए । भेलाले पुराना कांग्रेस अनारसिं कार्कीलाई अध्यक्ष र भरत दाहाललाई कार्यकारी संयोजकका रुपमा चयन गरेको छ ।

४५ सदस्यीय समितिको उप–संयोजकमा कुशल कुँवर, महा–सचिवमा रामबहादुर थापा, सचिवमा कमल तामाङ र कोषाध्यक्षमा रजनी तामाङ चयन भएका छन् ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ९ : १० बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने