सिटामोल र जीवनजल पनि पाइँदैन स्वास्थ्य संस्थामा « Khabarhub

सिटामोल र जीवनजल पनि पाइँदैन स्वास्थ्य संस्थामा


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्यचौकीमा जीवनजललगायत अत्यावश्यक औषधिको अभाव भएको छ ।

१५ दिनदेखि गाउँपालिकाका छवटै स्वास्थ्यचौकीमा जीवनजल, सिटामोललगायतका अत्यावश्यक औषधिको अभाव भएपछि जनताले सास्ती व्यहोर्न बाध्य भएका छन् । अन्नपूर्णका जनता जीवनजल र सिटामोल लिनका लागि सदरमुकाम बेनी आउनुपर्ने वाध्यतामा छन् ।

अन्नपूर्णमा विगत तीन महीना अघिदेखि सरकारले निःशुल्क उपलब्ध गराउने ३५ प्रकारका औषधिको समेत अभाव भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको वडा नं ५ शिख, वडा नं २ दाना, वडा नं १ दोवा, वडा नं ६ घार,वडा नं ८ राम्चे र वडा नं ७ हिस्तानका स्वास्थ्यचौकीमा जीवनजल पनि नभएको सम्बन्धित स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले बताएका छन् ।

शिखको स्वास्थ्यचौकीमा जीवनजल लिन पुगेका एक स्थानीयलाई स्वास्थ्य चौकी इञ्चार्ज हेम पुनले जीवनजल नभएकाले तातोपानी पिउन सल्लाह दिएर फर्काएका थिए ।

घरमा छोरालाई पखाला लागेपछि तीनपटकसम्म स्वास्थ्यचौकीमा पुगेका स्थानीय टेकबहादुर पुर्जालाई जीवनजलसहित आवश्यक औषधिको अभावका कारण छिमेकी वडामा पुगेर ल्याउन स्वास्थ्यकर्मीले सुझाव दिएका थिए ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ११ : ०७ बजे

चिन्नुहोस् ओस्कार २०२६ का विजेता (सूचीसहित)

लस एन्जलस – हलिउडका उत्कृष्ट र प्रभावशाली व्यक्तित्वको सहभागितामा चलचित्र

आदर्श श्रेष्ठको नियुक्ति शतप्रतिशत गलत, पद नलिन महावीर पुनको आग्रह

काठमाडौँ – पूर्वमन्त्री एवं प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य महावीर पुनले राष्ट्रिय

‘श्रम संस्कृति मौरी हो, श्रमले मात्र देश बन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका पूर्वप्रमुख

रवि लामिछानेको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटको सुनुवाइ आज हुँदै

काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

इन्धन सुरक्षामा ध्यान दिन शक्तिराष्ट्रलाई अमेरिकाको आग्रह, युद्धमा संलग्न नहुन इरानको चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व शक्तिलाई खाडीको ‘स्ट्रेट