नेताहरुको कार्यविभाजन मिलाउन ओली र दाहाल फेरि छलफलमा « Khabarhub

नेताहरुको कार्यविभाजन मिलाउन ओली र दाहाल फेरि छलफलमा


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएपछि सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छलफलमा जुटेका छन् । नेताहरुको कार्यविभाजनलगायतका विषय टुंग्याउन अध्यक्षद्वय ओली र दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा अहिले वार्ता भइरहेको छ ।

गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेलसहित अध्यक्षद्वय दिउँसो साढे १ बजेदेखि छलफल भइरहेको एक नेताले बताए । नेकपा नेताहरुको कार्यविभाजन टुंग्याउन आइतबार साँझपनि अध्यक्षद्वय, थापा र पौडेलसहित बालुवाटारमा वार्तामा बसेका थिए ।

आज विहान हुने भनिएको नेकपा केन्द्रीय सचिवालयको बैठकअघि कार्यविभाजन टुंग्याउन नेतृत्व तहमा वार्ता भएको थियो । तर, अध्यक्षस्तरमा सहमति जुट्न नसकेपछि आज विहान बस्ने भनिएको सचिवालय बैठक स्थगित गरिएको थियो । छिट्टै केन्द्रीय सचिवालयको बैठक मार्फत् कार्यविभाजन टुंग्याउने गरी शीर्ष नेताहरु बालुवाटार बैठकमा जुटेपनि अध्यक्षद्वयको जिम्मेवारी निर्धारण र संगठन विभाग प्रमुख चयनसम्बन्धमा अध्यक्षद्वयबीच मतभेद रहेको छ ।

अध्यक्ष ओली सरकार प्रमुख भएकाले आफूलाई पार्टी नेतृत्व दिनुपर्ने माग अर्का अध्यक्ष प्रचण्डले गरेका छन् । तर यसमा ओली सहमत छैनन् । यसैगरी ओलीले गृहमन्त्री थापालाई संगठन विभाग प्रमुख बनाउन चाहेका छन् भने प्रचण्डले बरिष्ठ नेता वामदेव गौतमलाई अघि सारेका छन् ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ३ : १७ बजे

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा