सलमान खानको फिल्म ‘भारत’ बुधवार नै रिलिज गर्न अदालतको आदेश « Khabarhub

सलमान खानको फिल्म ‘भारत’ बुधवार नै रिलिज गर्न अदालतको आदेश


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जिल्ला अदालत काठमाडौंले बलिउड चलचित्र ‘भारत’ लाई बुधवार नै प्रदर्शन गर्न आदेश जारी गरेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले यसअघि ‘कलंक’लाई शुक्रवारभन्दा अघि रिलिज गर्नमा रोक लगाएका थिए । त्यसपछि बितरकहरुले भारतमा रिलिज भएकै दिन नेपालमा पनि सो फिल्म रिलिज हुनुपर्ने माग राखेका थिए ।

चलचित्र विकास बोर्डमा नेपाली फिल्म निर्माताहरुले शुक्रवारभन्दा अघि हिन्दी फिल्म रिलिज हुँदा नेपाली फिल्म उद्योगले घाटा बेहोर्नुपरेको भन्दै शुक्रवारभन्दा अघि रिलिज नगराउने व्यवस्थाका लागि आग्रह गरेका थिए । लगत्तै विकास बोर्डका अध्यक्षले हिन्दी चलचित्र पनि शुक्रवार नै रिलिज हुनुपर्ने अडान लिएका थिए ।

त्यसपछि वितरकहरुले जिल्ला अदालतमा रिट दायर गरेका थिए । रिटमाथी सुनुवाइ गर्दै जिल्ला अदालतले स्वतन्त्र व्यवसायमाथि हस्तक्षेप नगर्न भन्दै बलिउड फिल्मलाई भारतमा रिलिज भएकै दिन नेपालमा पनि रिलिज (प्रदर्शन) गर्न दिन भनेको हो ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ६ : ०३ बजे

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र