लोकसेवाको विज्ञापन सच्याउन माग « Khabarhub

लोकसेवाको विज्ञापन सच्याउन माग


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय अपांग महासघ नेपालले हालै लोकसेवा आयोगले गरेको स्थानीय तहको कर्मचारी पदपूर्तिका लागि गरेको विज्ञापन सच्याउन माग गरेको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष रमेश लामाले सोमबार विज्ञप्ति जारी गर्दै निजामती सेवा ऐनले अपाङ्गता भएका व्यक्तिलाई पाँच प्रतिशत आरक्षणको व्यवस्था गरे पनि आयोगले निकालेको नौ हजार १६१ पदको विज्ञापनमा तीन जनालाई मात्र आरक्षण गरेकाले ऐनअनुसार आरक्षणको व्यवस्था गरी विज्ञापन सच्याउन माग गरेको हो ।

‘स्थानीय तहमा तीन जना मात्र अपाङ्गता भएका व्यक्तिलाई आरक्षण गरिएको अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि, नेपालको संविधान २०७२ र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को उल्लङ्घन भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले उक्त विज्ञापनमा उल्लिखित सङ्ख्या नौ हजार १६१ लाई १०० प्रतिशत मानी अपाङ्गता भएका व्यक्तिले हालसम्म प्राप्त गरिरहेको पाँच प्रतिशत आरक्षण कायम राखी सच्याएर दरखास्त आह्वान गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लोकसेवा आयोगलाई आग्रह गर्दछौँ’, विज्ञप्तिमा आयोगले पुनर्विचार गरि विज्ञापन नसच्याए चरणबद्ध आन्दोलनको घोषणा गर्न बाध्य हुने उल्लेख गरेको छ ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ७ : ४१ बजे

नेपालको प्राथमिक पुँजी बजारमा सुधारको खाका, धितोपत्र बोर्डद्वारा ‘भिजन २०३५’ सहितको श्वेतपत्र सार्वजनिक

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पुँजी बजारलाई आधुनिक, प्रविधिमैत्री

पटनामा सडक दुर्घटनापछि हिंसात्मक प्रदर्शन : १० वटा गाडीमा आगजनी, प्रहरी चौकी पनि जलाइयो

काठमाडौं- भारतको बिहार राज्यको राजधानी पटनामा सडक दुर्घटनामा एक युवकको

थाइल्यान्डको विद्यालयमा गोलीकाण्ड : हजुरबाको पेस्तोलबाट ९ कक्षाका विद्यार्थीले लिए शिक्षकसहित ६ जनाको ज्यान

काठमाडौं- थाइल्यान्डको राजधानी बैंकक नजिकैको एक उच्च माध्यमिक विद्यालयमा शुक्रबार

प्रतिनिधिसभा बैठक : ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा सेन्टर

‘सर्वोच्चको आदेशलाई सम्मान गर्छौं, विशेष महाधिवेशनको औचित्य फेरि पुष्टि हुन्छ’

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी