विश्वभर कति मानिसले चलाउन्छन् इन्टरनेट ? « Khabarhub

विश्वभर कति मानिसले चलाउन्छन् इन्टरनेट ?


२० जेष्ठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इन्टरनेट सेवाको विकास र विस्तारसँगै वेबसाइटको संख्यामा पनि भारी वृद्धि भइरहेको एक तथ्यांकले देखाएको छ । संसारभर अहिले वेबसाइडको संख्या एक अर्ब ६७ करोड ८० लाखको हाराहारीमा पुगेको अनुमान गरिएको छ ।

गत जनवरीको एक तथ्यांकअनुसार विश्वभर १ अर्ब ५१ करोड ८२ लाख वेबसाइट थिए । इन्टरनेट सेवा प्रदायक कम्पनी नेटक्राफ्टका अनुसार सन् २०१४ को सेप्टेम्बरमा विश्वमा वेबसाइटको संख्या पहिलोपटक एक अर्ब पार भएको थियो । सन् २०१७ मा यो संख्या बढेर १ अर्ब ७५ करोड नाघेको थियो । गतवर्ष भने वेबसाइटको संख्या केही घटेको थियो ।

वेबसाइटको शुरुआत सन् १९९१ देखि भएको हो । डेढ अर्बभन्दा बढी वेबसाइट भए पनि सबै वेबसाइट सक्रिय भने छैनन् । ८५ प्रतिशत भन्दा बढी वेबसाइट सक्रिय छैनन्, अर्थात् अहिले १० देखि १५ प्रतिशत वेबसाइट मात्र सक्रिय छन् । यसमा पनि धेरैजसो वेबसाइटमा नियमित अपडेट हुँदैन । यसले वेबसाइट र सक्रिय वेबसाइटबीचको अन्तर धेरै देखाएको छ । यसको मतलब वास्तवमा सक्रिय वेबसाइट निकै कम छन् ।

सन् १९९१ अगस्ट ६ मा पहिलो वेबसाइट सञ्चालनमा ल्याइएको थियो । यो वेबसाइट वर्ल्ड वाइड वेब (डब्लुडब्लुडब्लु) प्रोजेक्ट थियो । यसमा केही सामान्य जानकारीका साथै हाइपरटेक्स अनुसारको इन्स्ट्रक्शन थियो । साथै वेबसाइट बनाउने केही गाइडलाइन थियो ।

यस्तै, विश्वमा अहिले ५६ दशमलब एक प्रतिशत मानिसले इन्टरनेटको प्रयोग गर्ने गरेको एक अध्ययनको तथ्यांकले देखाएको छ । पछिल्लो पटक उपलब्ध तथ्यांक अनुसार विश्वभर करिब ३ अर्ब ५८ करोड इन्टरनेट प्रयोगकर्ता छन् । सबैभन्दा बढी इन्टरनेट प्रयोगकर्ता चीनमा छन् । चीनमा १ अर्बभन्दा बढी मानिसले इन्टरनेटको प्रयोग गर्छन् । चीनको समग्र जनसंख्याको तुलनामा यो २५ प्रतिशतभन्दा बढी हो ।

प्रकाशित मिति : २० जेष्ठ २०७६, सोमबार  ७ : ५१ बजे

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया