शुक्लाफाँटा आरक्ष पीडितको उचित व्यवस्थापन गर्न मन्त्री मगरको माग | Khabarhub Khabarhub

शुक्लाफाँटा आरक्ष पीडितको उचित व्यवस्थापन गर्न मन्त्री मगरको माग


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानी मन्त्री बिना मगरले कञ्चनपुर जिल्लास्थित शुक्लाफाँटा वन्यजन्तु आरक्ष (राष्ट्रिय निकुञ्ज) का कारण घरबारविहीन भएका बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिकाका गरी करिब १५ सय घरपरिवारलाई जग्गा सहित आवासको व्यवस्था गर्न माग गरेकी छन् ।

मन्त्री मगरले घरबारविहीन बनेकाहरुको उचित व्यवस्थापनका लागि वन तथा वातावरण मन्त्री शक्ति बस्नेतको ध्यानाकर्षण गराएकी हुन् । मन्त्री मगरसहित गएको प्रतिनिधिमण्डलले वन तथा वातावरण मन्त्री बस्नेतसँग भेट गरी घरबारविहीन भएका नागरिकलाई उचित व्यवस्थापन गर्नुपर्ने माग राखी ध्यानाकर्षण गराएको हो । टोलीमा मन्त्री मगरसहित बेलौरी नगरपालिकाका मेयर पोतिलाल चौधरी र बेलडाँडी गाउँपालिकाका अध्यक्ष धनबहादुर थापा लगायतका सहभागी थिए ।

वन मन्त्री बस्नेतले घरबारविहीन भएका उक्त क्षेत्रका जनतालाई जग्गासहित आवासको व्यवस्थापन चाँडो भन्दा चाँडो गरिने प्रतिबद्धता व्यक्त गरे । आरक्ष पीडित जनताको समस्या समाधान गर्न सरकार गम्भीर रहेको उनले बताए ।  निकुञ्जले २०५८ सालमा साविकको रौतेली बिचवा गाउँका बासिन्दाहरुलाई साविकको बेलडाँडी गाविस वडा नं। ९ मा ल्याई बसोबास गराएपछि बेलडाँडीका बासिन्दाहरु घरबारविहीन हुन पुगेका थिए । बेलडाँडी र बेलौरीका स्थानीय बासीहरु घरबार विहीन भएपछि बिचल्लीमा परेका थिए ।

उतिबेलाको समस्या अहिले पनि ज्युँ का त्युँ नै रहेको बेलडाँडी गाउँपालिकाका अध्यक्ष थापाले बताए । उनले समस्या समाधानका लागि भनेर धेरै आयोग बनाईए पनि घरबारविहीन जनताको समस्या अझै समाधान नभईसकेको स्पष्ट पारे ।  त्यसैगरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशका लागि पर्यटकलाई सहजता प्रदान गर्न नयाँ प्रवेश द्वार खुल्ने भएको छ ।

कञ्चनपुरको बेलडाँडीदेखि पर्यटक प्रवेशको लागि नयाँ प्रवेशद्वार खुल्न लागेको हो । उक्त प्रवेश द्वारको उद्घाटन वन तथा वातावरण मन्त्री बस्नेत र खानेपानी मन्त्री बिना मगरबाट गराउने तयारी स्थानीय गाउँपालिका र नगरपालिकाले गरेको छ । नयाँ खुल्ने प्रवेशद्वारसँगै पर्यटकहरुलाई जंगल सफारी गराउनका लागि सहज हुने बेलौरी नगरपालिकाका मेयर चौधरीले बताए ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ८ : ५६ बजे

अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो

नवलपरासी– सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी सञ्चालनमा

विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा

काठमाडौं– विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्याङ्क सार्वजनिक गरिएको

बागलुङको अर्नाकोटमा खानेपानीको समस्या

बागलुङ– बागलुङको निसीखोलाको सिरमा रहेको सुन्दर अर्नाकोट गाउँ प्राकृतिक अनुपमले

आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस

काठमाडौं– आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस विभिन्न कार्यक्रम

बाँकेमा जग्गाधनी प्रमाणपुर्जा वितरणको तयारी

बाँके– भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले भूमिहीन दलित