५० ठाउँमा कार्तिकमा उपनिर्वाचन हुने « Khabarhub

५० ठाउँमा कार्तिकमा उपनिर्वाचन हुने


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा कार्तिक मसान्तसम्ममा उपनिर्वाचन गराउने लक्ष्यसहित तयारी अघि बढाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई उपनिर्वाचनका लागि तयारी अघि बढाउन निर्देशन दिएपछि आयोगले कामलाई तीव्रता दिएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार आयोगले जनप्रतिनिधि रिक्त रहेको संघ, प्रदेश र स्थानीय तहका निर्वाचन क्षेत्रको तथ्यांक संकलन गरेको छ ।

जसमा संघमा १, प्रदेशमा ३, स्थानीय तहतर्फ ३ प्रमुख र ४३ वडाअध्यक्षको लागि उपनिर्वाचन गराउनुपर्ने छ ।  त्यसैगरी नगरप्रमुख १, गाउँपालिका अध्यक्ष २ रिक्त छन् ।

सुनसरीको धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बा, संखुवासभा मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवाल र पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष अम्बर नेम्बाङको निधन भएकोले ती स्थान रिक्त भएको हो ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ९ : ३० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन