११ सय लिटर अवैध घरेलु मदिरा नष्ट « Khabarhub

११ सय लिटर अवैध घरेलु मदिरा नष्ट


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा- प्रहरीले स्याङ्जाका विभिन्न भेगबाट एक हजार १०० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ अभियानअन्तर्गत मङ्गलबार गल्याङ नगरपालिका, पुतलीबजार नगरपालिका र फेदीखोला गाउँपालिकाका विभिन्न भेगबाट ठूलो परिमाणमा अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता नवीनकृष्ण भण्डारीले बताए ।

गल्याङ प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले गल्याङ–१ राम्दीबाट ७५५ लिटर, सेतीदोभान प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले पुतलीबजार नगरपालिका–४ नौडाँडाबाट ९५ लिटर र फेदीखोला प्रहरी चौकीबाट खटिएको टोलीले फेदीखोलाबाट २५० लिटर गरी कूल एक हजार १०० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको हो ।

नियन्त्रणमा लिएको तयारी मदिरा तथा कच्चा पदार्थलाई स्थानीय बुद्धिजिवी, भद्रभलाद्मी, स्थानीय जनप्रतिनिधि एवं पत्रकारको रोहवरमा नष्ट गरिएको थियो ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  १० : ०९ बजे

‘युद्ध सुरु भएयता मस्कोमाथि युक्रेनको सबैभन्दा शक्तिशाली हमला’

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्को क्षेत्रमा गरिएको हालैको आक्रमण

सम्पत्ति छानबिन आयोगबाट अख्तियारको काममा हस्तक्षेप हुँदैन : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मुलुकमा भ्रष्टाचारको अन्त्य र सुशासन कायम

निर्मला बलात्कार-हत्या काण्डको छानबिन गर्न मन्त्रालय संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले आगामी आवको बजेटले परम्परागत ढाँचामा चलिरहेका

प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा

काठमाडौं– नेपालमा यस वर्षको प्रि–मनसुन अवधिमा विगत ४५ वर्षयताकै सर्वाधिक