११ सय लिटर अवैध घरेलु मदिरा नष्ट | Khabarhub Khabarhub

११ सय लिटर अवैध घरेलु मदिरा नष्ट


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा- प्रहरीले स्याङ्जाका विभिन्न भेगबाट एक हजार १०० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ अभियानअन्तर्गत मङ्गलबार गल्याङ नगरपालिका, पुतलीबजार नगरपालिका र फेदीखोला गाउँपालिकाका विभिन्न भेगबाट ठूलो परिमाणमा अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता नवीनकृष्ण भण्डारीले बताए ।

गल्याङ प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले गल्याङ–१ राम्दीबाट ७५५ लिटर, सेतीदोभान प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले पुतलीबजार नगरपालिका–४ नौडाँडाबाट ९५ लिटर र फेदीखोला प्रहरी चौकीबाट खटिएको टोलीले फेदीखोलाबाट २५० लिटर गरी कूल एक हजार १०० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको हो ।

नियन्त्रणमा लिएको तयारी मदिरा तथा कच्चा पदार्थलाई स्थानीय बुद्धिजिवी, भद्रभलाद्मी, स्थानीय जनप्रतिनिधि एवं पत्रकारको रोहवरमा नष्ट गरिएको थियो ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  १० : ०९ बजे

त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन

कास्की र म्याग्दी कारागारबाट भागेका कैदी पक्राउ

बागलुङ– जिल्ला कारागार कास्की र जिल्ला कारागार म्याग्दीबाट भागेका ४

एसिया कप: यूएईमाथि भारतले निकाल्यो ४.३ ओभरमै सानदार जित

काठमाडौं – एसिया कपमा भारतले विजयी सुरुवात गरेको छ। दुबई

सवारी दुर्घटनामा एकजनाको मृत्यु

झापा– झापामा सवारी दुर्घटनामा परी एक वृद्धको मृत्यु भएको छ

नख्खु कारागारबाट भागेका कैदी धादिङबाट पक्राउ

धादिङ – बिहीबार ललितपुरस्थित नख्खु कारागारबाट भागेका तीन जनालाई धादिङको