बेलायतको प्रतिष्ठित ‘डायना पुरस्कार’ पाउने पहिलो नेपाली बनिन् कञ्चन अमात्य « Khabarhub

बेलायतको प्रतिष्ठित ‘डायना पुरस्कार’ पाउने पहिलो नेपाली बनिन् कञ्चन अमात्य


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कञ्चन अमात्य नेपालीहरुका लागि सुपरिचित नाम  हो । उनले कार्यकौशलताका कारण विभिन्न अवार्ड तथा सम्मान पाउँदै आएकी छिन् ।

हालै बेलायतमा उनले एक प्रतिष्ठित अवार्ड हात पार्दै नेपालीको शीर उचो बनाउने काम गरेकी छिन् । कञ्चनले बेलायतको प्रसिद्ध ‘डायना मेमोरिएल पुरस्कार’ प्राप्त गरेकी हुन् ।

वेल्स की राजकुमारीको सम्झनामा स्थापित उक्त पुरस्कार यस वर्ष अमात्यालाई प्रदान गरिएको हो । साथै, डायना मेमोरिएल अवार्ड नामक प्रतिष्ठित पुरस्कार प्राप्त गर्ने कन्चन पहिलो नेपाली समेत बनेकी छिन् ।

उनले सामाजिक कार्य तथा मानवीय कार्यमा पुर्‍याएको उल्लेखनीय योगदानका कारण यो पुरस्कार तथा सम्मान प्राप्त गर्न सफल भएकी हुन् ।

सन् १९९७ मा वेल्स कि राजकुमारी डायनाको मृत्यु भएपछि उनको सम्झनामा उक्त पुरस्कारको स्थापन गरिएको थियो । यो प्रतिष्ठित पुरस्कारलाई बेलायती शाही परिवार, राजकुमार विलियम तथा राजकुमार ह्यारीको समर्थन र साथ रहँदै आएको छ ।

उक्त पुरस्कार स्व राजकुमारी डायनाको ५८ औ जन्मदिनमा प्रदान गरिएको हो । ललितपुर जावलाखेल घर भएकी अमात्य हाल अमेरिकाको न्युयोर्क बस्दै आएकी छन् । उनले केही दिन अघि मात्र अमेरिकाको प्रतिष्ठित राइस अवार्ड हात पार्न सफल भएकी थिइन् ।

यो पनि पढौं

नेपाली चेली कञ्चन अमेरिकाको प्रतिष्ठित ‘राइस अवार्ड’द्वारा सम्मानित

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ११ : ०५ बजे

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय

पहाडका विभिन्न स्थानमा, तराईमा उखरमाउलो गर्मी कायमै

काठमाडौं – पछिल्लो केही दिनदेखि मौसममा बदली भई वर्षा बढ्न

१५ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा बाँकेबाट एक जना पक्राउ

बाँके – १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा बाँके

राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता मानिने

कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

पाल्पा – कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको