छोरीद्वारा आमाको हत्या– कहाँ गयो २२ लाख रुपैयाँ ? « Khabarhub

छोरीद्वारा आमाको हत्या– कहाँ गयो २२ लाख रुपैयाँ ?


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — कन्ट्र्याक्ट किलर बोलाएर आमाको हत्या गरिएको घटनामा पक्राउ परेका चार जनामध्ये दुईलाई सात र दुई लाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरी परिसर भक्तपुरले म्याद थप गरेको छ।

मोहम्मद नौसाद र छोरी ईश्वरी भट्टराईलाई सात दिन र चक्कु प्रहार गर्ने मोहम्मद रहिस र सहयोग गर्ने अर्जुन भनिने भोला कुमारलाई ६ दिन थुनामा राख्न अदालतबाट म्याद लिइएको हो ।

गत आइतबार भक्तपुर चाँगुनारायण नगरपालिका ७ बाँसबारीस्थित घरमा सावित्री भट्टराईको घाटी रेटी हत्या गरिएको थियो। हत्याको मुख्य कारण भक्तपुरको कमलविनायकस्थित एक गार्मेन्ट फ्याक्ट्रीमा काम गर्ने सिरहा विष्णुपुर स्थायी घर भई भक्तपुरको पुरानो ठिमी बस्ने २३ वर्षीय अविवाहित मोहम्मद नौसादसँग मृतककी कान्छी छोरी ईश्वरीको विवाहेत्तर प्रेम रहेको तथ्य प्रहरी अनुसन्धानले देखाएको छ।

हत्याको घटनासंगै परिवारका सदस्यले घरबाट २२ लाख हराएको प्रहरीमा बताए पनि त्यसको गुत्थी सुल्झिन सकेको छैन। प्रहरी परिसर भक्तपुरका एसएसपी सविन प्रधानका अनुसार मृतकका परिवारका सदस्यले घरमा रहेको २२ लाख फेला नपरेको बताएका छन्। प्रहरीका अनुसार मृतककी भारतमा रहेकी जेठी छोरीका निम्ती जग्गा किन्न भन्दै २२ लाख जुटाइएको थियो।

प्रहरीका अनुसार मृतककी भारतमा रहेकी जेठी छोरीसंग ईश्वरी र श्रीमानले घर बनाउन १२ लाख रुपैयाँ सापटी लिएका थिए। दिदीले जग्गा किन्ने भएपछि ईश्वरीका श्रीमान्ले सहकारीबाट १६ लाख ऋण लिएका थिए।

उनले रेष्टुरेन्टको सेयर र सुनसमेत बेचेर २२ लाख रुपैयाँ घरमा राखेका थिए। हत्याको घटनापछि उक्त रकम घरमा नभेटिएकाले हत्याराहरूले लगेको आशंका परिवारका सदस्यको छ। प्रहरी अनुसन्धानले भने उक्त रकम हत्यामा संग्लनहरूको साथबाट नभेटिएको देखाएको छ।

महानगरीय प्रहरी अपराध महाशाखाका एक अनुसन्धान अधिकारीले मृतक सावित्रीको कम्मरमा रहेको दराजको साँचो भेटिएको र दराजभित्र लकरमा रहेको डेढ लाख रकम पनि जस्ताको तस्तै रहेको बताए। अनुसन्धानमा संग्लन प्रहरीका अनुसार हत्यापछि भारतीय कन्ट्र्याक्ट किलर मोहम्मद रहिस र अर्जुन हेटौंडाको बसपार्कमा सर्तबमोजिम पैसा लिन चार घण्टासम्म कुरेर बसेका थिए।

मोहम्मद नौसाद गजुरीमा रहेको र उनीहरूबीच पैसाको कुरा भएको देखिएको छ। महाशाखाको विशेष टोलीले पक्राउ गर्दा मोहम्मद रहिस र अर्जुनकुमारले बेर्खची भएको र पैसा पाउने आशमा हेटौंडामा कुरी बसेको बताएका थिए।

गजुरीबाट पक्राउ परेका मोहम्मद नौसादको साथमा पनि प्रहरीले पैसा भेटाएन। प्रहरीका अनुसार रहिस र अर्जुनकुमारले हत्या गरेबापत पाउने भनेको दुई लाख नपाए जे पनि गर्न सक्ने भन्दै धम्की दिएका थिए। प्रहरी स्रोतले भन्यो, ‘रकम नपाए भारतको मधुवनीमा रहेकी नौसादकी दिदीलाई हत्या गर्ने धम्कीसम्म दिएको देखिन्छ।’ एक अनुसन्धान अधिकारीले भने पैसा लुट्नेभन्दा पनि यौन स्वार्थकै निम्ति हत्या भएको देखिएको बताए।

‘पैसा लुटिएको प्रमाण भेटिएको देखिएको छैन,’ उनले भने। हराएको भनेको पैसाका विषयमा खोजी भइरहेको एसएसपी प्रधानले बताए। ‘पैसा कहाँबाट आयो भन्नेबारे बुझ्दै छौं,’ उनले भने।

कान्तिपुरबाट

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ६ : १२ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड