विश्वविद्यालयमा बस्न मान्दैनन् रजिष्ट्रार र सेवा आयोगका अध्यक्ष, ५० हजार खर्चेर बजारमा बस्ने व्यवस्था « Khabarhub

विश्वविद्यालयमा बस्न मान्दैनन् रजिष्ट्रार र सेवा आयोगका अध्यक्ष, ५० हजार खर्चेर बजारमा बस्ने व्यवस्था


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार र सेवा आयोगका अध्यक्षले विश्वविद्यालय हाताभित्रको आवास प्रयोग नगरी बजारमा भाडामा बस्दै आएका छन् ।

आवासीय विश्व विद्यालयको रूपमा रहेको यस विश्वविद्यालय हाताभित्र पदाधिकारी, प्राध्यापक र कर्मचारीका लागि आवासको व्यवस्था रहेको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकाल भने विश्वविद्यालयको हाताभित्रको आवासमा बस्दै आएका छन् । रजिष्ट्रार प्रा डा मनराज कोलाक्षपती र सेवा आयोगका अध्यक्ष रामनाथ ओझा भरतपुरमा घर भाडामा लिएर बस्दै आएका छन् ।

ढकालले दुवै जनालाई भित्र आवासको व्यवस्थापन गर्न सकिने बताए ।

भित्र बस्दा त्यहाँको समस्या थाहा हुने र व्यवस्थापन गर्न सहज हुने उपकुलपति ढकालले बताए ।  उनका अनुसार दुवै जनाले भरतपुरको आवास छोडेर रामपुर जान चाहेका छैनन् ।

विश्वविद्यालयका लेखाप्रमुख विष्णु देवानका अनुसार दुई आवास भरतपुरमा व्यवस्थापन गर्न रु ५० हजार हाराहारी मासिक खर्च हुने गरेको छ । शिक्षा मन्त्रीको निर्देशनपछि काठमाडौँमा रहेको विश्वविद्यालयको कार्यालय हटाइएको छ ।

काठमाडौँमा विश्वविद्यालयको आवास भने अहिले पनि रहेको छ । भरतपुरमा समेत विश्वविद्यालयको आवास राखिएकोमा हालै मात्र हटाइएको छ ।

विश्वविद्यालयमा समय समयमा बन्द, हड्ताल, आन्दोलन हुने भएकाले यी सबै कार्यलाई छलेर बजारमा रमाउन पदाधिकारीहरु भरतपुर बस्ने गरेको आरोप लागेको छ । भरतपुर विश्वविद्यालयबाट १० किलोमिटरको दुरीमा छ । रजिष्ट्रार कोलाक्षपतीले भरतपुर बसे पनि अधिकांश समय रामपुरमा रहने गरेको जिकिर गरे ।

यसअघि भरतपुरमा विश्वविद्यालयको केन्द्रीय कार्यालय हुँदा तत्कालीन उपकुलपति बस्नका लागि भाडामा लिइएको आवास नै कोलक्षपतीले प्रयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  १२ : ०२ बजे

जनतान्त्रिक तराई मुक्ति मोर्चा राप्रपामा समाहित 

काठमाडौँ – राप्रपा र जनतान्त्रिक तराई मुक्ति मोर्चा (जतमुमो) बीच

मुख्यमन्त्री राईद्वारा दशैँको शुभकामना

विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आम

बेलायतमा बल्छी धुर्वे र राजु माष्टरको प्रस्तुति

लन्डन – दसैँ‌ मनाउन बेलायत आएका हास्यकलाकारद्वय मरिचमान श्रेष्ठ (बल्छी 

ओलीद्धारा सर्बसाधरणलाई टिका लगाउन सुरू

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना समर्थक

दिउँसो ३ बजेपछि काठमाडौँमा वर्षा रोकिने

काठमाडौँ- काठमाडौँ उपत्यकासहित देशका विभिन्न भू–भागमा गए रातिदेखि नै वर्षा