महिला उत्तराधिकारी आकर्षक हुनुपर्छ भनेका दलाई लामाले मागे माफी « Khabarhub

महिला उत्तराधिकारी आकर्षक हुनुपर्छ भनेका दलाई लामाले मागे माफी


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वासनमा रहेका तिब्बती धार्मिक नेता दलाई लामाले महिलाबारे दिएको एक टीप्पणीका लागि माफी मागेका छन् । लामाले
यदि आफ्नो उत्तराधिकारी महिला भए उनी आकर्षक हुनु पर्छ भनी टिप्पणी गरेका थिए ।

उनले हालै बीबीसीसँग बोल्दै आफ्नो उत्तराधिकारी महिला पनि हुनसक्ने तर उनी “आकर्षक” हुनुपर्ने बताएका थिए। तर उनको कार्यालयले निकालेको विज्ञप्तिमा भने उनले ठट्टा गरेको भन्दै ती शब्दका लागि माफी मागिएको जनाएको छ।

“उनी निकै दु:खी छन् कि उनले भनेको कुराबाट मानिसहरू दु:खी भए। त्यसैले उनी इमानदारीपूर्वक क्षमा चाहन्छन्,” उक्त विज्ञप्तिमा भनिएको छ। आगामी शनिवार ८४ वर्ष पुग्न लागेका आध्यात्मिक नेताले अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पदेखि आफ्नो तिब्बत फर्कने सपना र शरणार्थीबारे बोलेका थिए।

यद्यपि, उनले आफ्नो उत्तराधिकारी महिला हुनसक्ने विषयमा दिएको टिप्पणीप्रति धेरैले अनौठो माने। बीबीसीसँगको अन्तर्वार्ताको क्रममा उनले हाँस्दै भनेका थिए, “यदि महिला दलाई लामा आइन् भने उनी अझै आकर्षक हुनु पर्नेछ।”

उक्त अभिव्यक्तिले कुनै किसिमको अपमान भएको भए त्यसका लागि माफी मागिएको छ र त्यसलाई “बुझ्न नसकिएको ठट्टा” भनिएको छ। उक्त विज्ञप्तिमा भनिएको छ, “दलाई लामालाई आफ्नो यात्राका क्रममा भौतिकवादी संसारबीचको अन्तर्विरोध र यसका जटिलता अनि तिब्बती बौद्ध परम्पराको केन्द्रमा रहेको पुनर्जन्मबारे अन्तर्वस्तुबारे राम्रो ज्ञान छ।”

“यद्यपि, कहिलेकाहीँ सोच्दै नसोची केही टिप्पणीहरू निस्कन्छन् जुन एकथरीको सांस्कृतिक परिप्रेक्ष्यमा अचम्म लाग्दो हुन्छ, त्यसको ठट्टाको प्रसङ्ग अनुवादका क्रममा अर्कै हुनजान्छ। आफ्ना टिप्पणीले कसैको अपमान भएको भए उनी त्यसमा पश्चाताप गर्छन्।” आफ्नो जीवनभर दलाई लामाले महिलालाई बस्तुकरण गरिएको विपक्षमा बोल्दै आएको र लैङ्गिक समानतालाई समर्थन गरेको उक्त विज्ञप्तिमा उल्लेख छ।

उक्त विज्ञप्तिमा उनले युरोपेली संघ अन्तर्गतका देशमा रहेका शरणार्थी घर फर्किनुपर्ने भन्ने टिप्पणीलाई पनि गलत तरिकाले व्याख्या गरिएको हुनसक्ने उल्लेख छ। “उनले देश छोड्ने धेरैले फेरि देश फर्कन नचाहने वा नसक्ने विषयको पक्कै पनि तारिफ गरे,” विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  १२ : १७ बजे

स्रोत नखुलेको भारतीय मुद्रासहित दुईजना पक्राउ

नेपालगन्ज– बाँकेमा प्रहरीले स्रोत नखुलेको छ लाख भारतीय मुद्रासहित दुई

मुस्ताङ : हिमाल, संस्कृति र साहसिक पर्यटनको आकर्षक गन्तव्य (तस्बिरहरू)

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङ पछिल्लो समय नेपालकै प्रमुख पर्यटकीय गन्तव्यका

सरकारले उद्योगी व्यवसायीलाई थुन्ने सूची बनाएको छैन : अर्थमन्त्री वाग्ले

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई

मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु

सुनसरी– सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित तीनकुने मिलिजुली स्कुलनजिक आज बिहान

रास्वपाले आफ्ना सांसदलाई आजदेखि संसदीय अभ्यास र नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘सक्षम सांसद, सशक्त संसद’