आइफा अवार्डबाट पछि हट्यो पर्यटन बोर्ड « Khabarhub

आइफा अवार्डबाट पछि हट्यो पर्यटन बोर्ड


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वत्र विरोध भएपछि इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) काठमाडौंमा नहुने भएको छ।

नेपाल पर्यटन बोर्ड आइफा अवार्ड सञ्चालन गर्ने तयारीबाट पछि हटेसँगै यो अवार्ड नेपालमा नहुने भएको हो । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आइफा अवार्ड रोक्न दिएको निर्देशनसँगै बोर्ड पछि हटेपछि यो अवार्ड काठमाडौंमा नहुने निश्चित भएको हो।

समितिको निर्णयपछि आइफा अवार्ड आयोजना नगर्ने अवस्थामा पुगेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए । यो अवार्डको औपचारिक स्थगनबारे निर्णय लिन भने बाँकी रहेको उनले बताए ।

आइफा अवार्डका विषयमा अहिले बाहिर आएको हल्ला जस्तो अवस्था नरहेको पनि जोशीले बताए । उनले भने, ‘हामीलाई आइफा अवार्डका लागि लगानी गर्न प्रस्ताव आह्वान भएको हो । त्यस विषयमा हामीले औपचारिक कुनै निर्णय गरेका थिएनौ । नेपाल सरकारले पनि कुनै निर्णय गरेको अवस्था होइन । एउटा समिति बनाएर काम गर्ने भन्ने निर्णय भएको थियो । बाहिर यति धेरै विवादका रुपमा आएपछि अब हुँदैन होला ।’

जोशीले नेपाल भ्रमण वर्ष २०२० को प्रवर्धनका लागि यो अवार्ड नेपाललाई फाइदाजनक हुने अपेक्षा गरेर आफूहरु इन्टरनेसनल इन्डियन फिल्म एकेडेमीले गरेको प्रस्तावबारे सकारात्मक भएको बताए । यद्यपी यो प्रस्तावका विषयमा बसेर छलफ‍ल गरेर नेपालले गर्न सक्ने र नसक्ने कामका विषयमा कुराकानी हुनै बाँकी रहेको पनि उनले दाबी गरे ।

सरकारले नेपालमा आइफा अवार्ड सञ्चालनका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेसँगै यसको चौतर्फी विरोध भएको थियो । सत्तारुढ दल नेकपाकै नेताहरु भीम रावल, अग्निप्रसाद सापकोटा लगायतका नेताहरुले खुलेरै सरकारको यो निर्णयको विरोध गरेका थिए । त्यस्तै नेपाली सिने कर्मीहरुले पनि नेपालमा आइफा अवार्ड गरिनु राम्रो भएपनि आर्थिक लगानी उपयुक्त नभएको बताएका छन् ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाललाई घाटा नहुने बुझेर यो अवार्ड गर्न लागिएको भन्दै सरकारलाई नाफा हुने काममा सरकार गम्भीर भएर निर्णय लिएको बताएका थिए । तर संसदकै अन्तर्राष्ट्रिय सम्बन्ध समितिले तत्काल यो अवार्ड नगर्न निर्देशन दिएपछि आइफा अवार्ड नेपालमा हुने या नहुने भन्ने अन्योल बढेको छ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  १ : ४४ बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट