असार मसान्तसम्ममा सबै वडामा संगठन विस्तार गर्ने राप्रपाको निर्णय « Khabarhub

असार मसान्तसम्ममा सबै वडामा संगठन विस्तार गर्ने राप्रपाको निर्णय


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहमा संगठन विस्तारलाई तिव्रता दिएको छ ।

त्यसका लागि पार्टीका वरिष्ठ उपाध्यक्ष एवं जनसंघर्ष परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा काठमाडौं उपत्यकाका पार्टीका जिल्ला अध्यक्षहरु, क्षेत्रीय अध्यक्षहरु तथा स्थानीय तहका अध्यक्षहरुको संयुक्त बैठक बसेको छ ।

बैठकमा उपत्यकाका सम्पूर्ण स्थानीय तह, वडाहरुमा संगठन विस्तार सम्बन्धि समिक्षा गरिएको थियो ।

हालै सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकले २०७६ साललाई संगठन निर्माण बर्ष घाेषणा गरे अनुरूप स्थानीय तहमा संगठन विस्तारलाई तिव्रता दिएको छ ।

उक्त बैठकले संगठन निर्माण हुन बाँकी वडाहरूमा असार मसान्तसम्म समिति गठन गरि श्रावण महिनाभित्र उपत्यकाका सबै नगर भेला सम्पन्न गर्ने निर्णय समेत गरेकाे छ ।

बैठकमा पार्टीका महामन्त्री एवं प्रतिनिधीसभा सदस्य मा. राजेन्द्र लिङदेन, महामन्त्री भास्कर भद्रा, ३ नं. प्रदेश अध्यक्ष विक्रम बहादुर थापा, सहमहामन्त्री कुन्ति कुमारी शाही, युवा संगठनका अध्यक्ष प्रकाश रिमाल, विद्यार्थी संगठनका अध्यक्ष महेश बहादुर सिंह लगायतको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ५ : ३३ बजे

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले बैंकिङ कसुर मुद्दाका

परराष्ट्रले सुरु गर्‍यो ‘मोफा नलेज फोरम’

काठमाडौँ । परराष्ट्र मन्त्रालयले पहिलोपटक ‘मोफा नलेज फोरम’को सुरुआत गरेको

हिक्मतको अडानपछि गले ओली, कोशीमा कार्कीले नै निरन्तरता पाउने

काठमाडौं – कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तन गर्ने चर्चा चलिरहेका बेला

भेटनरी अस्पतालका प्रमुखसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले सप्तरीको भेटेरिनरी अस्पताल तथा

झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु

नयाँदिल्ली – भारतको पूर्वीराज्य झारखण्डमा चट्याङ लागेर कम्तीमा १४ जनाको