असार मसान्तसम्ममा सबै वडामा संगठन विस्तार गर्ने राप्रपाको निर्णय « Khabarhub

असार मसान्तसम्ममा सबै वडामा संगठन विस्तार गर्ने राप्रपाको निर्णय


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहमा संगठन विस्तारलाई तिव्रता दिएको छ ।

त्यसका लागि पार्टीका वरिष्ठ उपाध्यक्ष एवं जनसंघर्ष परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा काठमाडौं उपत्यकाका पार्टीका जिल्ला अध्यक्षहरु, क्षेत्रीय अध्यक्षहरु तथा स्थानीय तहका अध्यक्षहरुको संयुक्त बैठक बसेको छ ।

बैठकमा उपत्यकाका सम्पूर्ण स्थानीय तह, वडाहरुमा संगठन विस्तार सम्बन्धि समिक्षा गरिएको थियो ।

हालै सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकले २०७६ साललाई संगठन निर्माण बर्ष घाेषणा गरे अनुरूप स्थानीय तहमा संगठन विस्तारलाई तिव्रता दिएको छ ।

उक्त बैठकले संगठन निर्माण हुन बाँकी वडाहरूमा असार मसान्तसम्म समिति गठन गरि श्रावण महिनाभित्र उपत्यकाका सबै नगर भेला सम्पन्न गर्ने निर्णय समेत गरेकाे छ ।

बैठकमा पार्टीका महामन्त्री एवं प्रतिनिधीसभा सदस्य मा. राजेन्द्र लिङदेन, महामन्त्री भास्कर भद्रा, ३ नं. प्रदेश अध्यक्ष विक्रम बहादुर थापा, सहमहामन्त्री कुन्ति कुमारी शाही, युवा संगठनका अध्यक्ष प्रकाश रिमाल, विद्यार्थी संगठनका अध्यक्ष महेश बहादुर सिंह लगायतको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ५ : ३३ बजे

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने