संखुवासभामा कार्यकर्तामाथि भएको दमनको विप्लव नेकपा निकट पूर्वी कमाण्डद्वारा भर्त्सना « Khabarhub

संखुवासभामा कार्यकर्तामाथि भएको दमनको विप्लव नेकपा निकट पूर्वी कमाण्डद्वारा भर्त्सना


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट पूर्वी कमाण्डले संखुवासभामा आफ्ना कार्यकर्तामाथि भएको प्रहरी दमनको भर्त्सना गरेको छ ।

पूर्वी कमान्ड इन्चार्ज विषमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै गत माघ १६ गते संखुवासभाको तिलिचुङ– १ मा शान्तिपूर्ण राजनीतिक कार्यक्रममा सहभागी कार्यकर्तामाथि भएको प्रहरी दमनको भर्त्सना गरेका हुन् ।

विषमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गृह प्रशासनको ठाडो निर्देशनमा ३ ओटा हेलिकोप्टरबाट सशस्त्र फोर्स परिचालन गरी हाम्रो अभियान टोलीलाई चारैतिरबाट घेरी एकहोरो गोली चलाइयो र दोहोरो भिडन्तको हल्ला पिटियो ।’

उक्त घटनमा सबै ज्यान जोगाउन सफल भए पनि अझै दुई जना सम्पर्कमा नआएको विज्ञप्तिमा जनाइएको छ । दोहोरो भिडन्तको नाममा कार्यकर्तामाथि यातना दिने काममा राज्य लागि परेको पूर्वी कमाण्डको आरोप छ ।

विज्ञप्तिको पूर्ण पाठ

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ७ : १० बजे

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र

काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

म्याग्दी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली