बाटो हिँड्दा भेटिने यी सात चिजबाट सँधै जोगिएर हिँड्नुहोस्, नत्र अपवित्र हुनेछ « Khabarhub

बाटो हिँड्दा भेटिने यी सात चिजबाट सँधै जोगिएर हिँड्नुहोस्, नत्र अपवित्र हुनेछ


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- हामी घरबाट बाहिर कतै जाँदै छौँ भने बाटोमा थुप्रै कुरा भेटिन्छन् । यसरी भेटिने वस्तुहरुमध्ये केही शुभ हुन्छन् भने केही अशुभ पनि हुन्छन् । धर्मशास्त्रअनुसार हामीले यस्ता अपवित्र चिजहरुबाट बँचेर हिड्नु पर्छ । यदी बाटोमा हिँड्दा भूल बश यस्ता चिज छोएमा नुहाएर मात्रै अरु काम गर्नु पर्छ । यसको ख्याल नगरी त्यस्ता चिजहरु छुनाले धेरै प्रकारका दोषहरुले हाम्रो जीवनमा नकारात्मक प्रभाव पार्न सक्छन् । यस्ता अपवित्र सात चिज छन्, जोबाट सँधै जोगिएर हिँड्नु पर्छ ।

१. तान्त्रिक विधिबाट मन्साइएका वस्तुहरु

नराम्रो नजर उतार्नको लागि या नराम्रो शक्तिबाट छुटाउन तन्त्रमन्त्र गरिन्छ । यसमा धेरै चिजका उपयोग पनि गरिन्छ र अन्तिममा यी चिजहरुलाई सडकमा वा चौबाटोमा मन्साइन्छ । जस्तै खुर्सानी, कागती, अन्डा, फर्सी, सिंदूर आदि । यदी बाटोमा हिँड्दा यस्ता कुराहरु देखेमा यसबाट बचेर हिड्नुपर्छ ।

२. हड्डी

हिँड्दै गर्दा सडकमा यदि कुनै जनावरको हड्डी या मासुको टुक्रा देखेमा त्यसबाट टाढै रहनुहोस् । यसलाई छोएमा धेरै प्रकारका दोषले हाम्रो जीवनमा प्रभावित गर्न सक्छन् । अन्डाको बोक्रा वा कुनै पंक्षीको पंखेटा सडकमा देखेमा यसबाट बँच्नपर्छ ।

३. कपाल

बाटोमा हिँड्दा तपाईंले कपालको पोको देखेमा त्यसबाट टाढा रहनुहोस् । र बँचेर हिँड्नुहोस् । शास्त्रअनुसार शीरबाट झरेको कपाल पनि अपवित्र मानिन्छ ।

४. नुहाएको पानी

शहरी क्षेत्रमा मानिसहरु बाथरुममा नुहाँउछन तर गाँउमा मानिसहरू घरको बाहिर वा धारा, कुवा, ट्युवेल नजिकै नुहाँउछन् । यसको पानी सडकमा बगिरहेको हुन्छ । यदि बाटोमा हिँड्दा यस्तो पानी सडकमा बगिरहेको छ भने त्यसलाई छलेर हिँड्नुपर्छ ।

५.खरानी

सडकमा हिँड्दा कहिलेकाहिँ खरानी भेटिन सक्छ तर त्यसबाट बँचेर हिड्नु पर्छ । यो खरानी कुनै तन्त्रमन्त्र क्रियाको पनि हुन सक्छ । त्यसैले यसबाट परै भएको ठीक हुन्छ ।

६. मृत पशु

सडकमा मृत पशु या त्यसको अंगहरु देखेमा पनि बँचेर हिँड्न पर्छ । मृत पशु छुनाले दोष लाग्न सक्छ । त्यसैले यदि भूलवस छोएमा नुहाई हाल्नुपर्छ ।

७. फोहोर कपडा

बाटोमा फोहोर कपडा देखेमा यसबाट पनि परै बस्नुपर्छ । यस्ता कपडा छोएमा हामीलाई अपवित्र बनाउन सक्छ । त्यसैले यस्ता कपडालाई छुन हुँदैन ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ७ : ४६ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल