ट्युनिशियामा सर्वाधिक खोजीमा रहेका लडाकुद्वारा आत्मघाती आक्रमण | Khabarhub Khabarhub

ट्युनिशियामा सर्वाधिक खोजीमा रहेका लडाकुद्वारा आत्मघाती आक्रमण


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ट्युनिश– सर्वाधिक खोजीको सूचीमा रहेका एक लडाकुले उत्तर अफ्रिकी मुलुक ट्युनिशियाको राजधानी ट्युनिशमा आत्मघाती आक्रमण गरेका छन् ।

राजधानी ट्युनिशको इन्टिलका क्षेत्रमा प्रहरीले चौतर्फी घेरा हालेपनि सर्वाधिक खोजीको सूचीमा रहेका लडाकु आयमन स्मिरीले आत्मघाती आक्रमण गरेको बताइएको छ ।

आक्रमणबाट स्मिरीको ज्यान गएपनि अरु कुनै मानवीय क्षति नभएको अधिकारीले जनाएका छन् । उनले आत्मघाती आक्रमण गर्नुअघि प्रहरीले उनीमाथि गोली प्रहार गरेका थिए ।

अघिल्लो साताको बिहीबार ट्युनिशमा भएका दुई आत्मघाती आक्रमणमा एक प्रहरी अधिकारीको ज्यान गएको थियो भने अरु १५ जना घाइते भएका थिए । सन् २०११ मा तत्कालिन राष्ट्रपति जिन अल अबिदिन बेन अलीलाई सत्ताच्युत गर्नेगरी भएको क्रान्तिपछि ट्युनिशियामा इस्लामिक अतिवादीले आक्रमणहरु गर्दै आएका छन् ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ९ : १० बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार