ट्युनिशियामा सर्वाधिक खोजीमा रहेका लडाकुद्वारा आत्मघाती आक्रमण « Khabarhub

ट्युनिशियामा सर्वाधिक खोजीमा रहेका लडाकुद्वारा आत्मघाती आक्रमण


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ट्युनिश– सर्वाधिक खोजीको सूचीमा रहेका एक लडाकुले उत्तर अफ्रिकी मुलुक ट्युनिशियाको राजधानी ट्युनिशमा आत्मघाती आक्रमण गरेका छन् ।

राजधानी ट्युनिशको इन्टिलका क्षेत्रमा प्रहरीले चौतर्फी घेरा हालेपनि सर्वाधिक खोजीको सूचीमा रहेका लडाकु आयमन स्मिरीले आत्मघाती आक्रमण गरेको बताइएको छ ।

आक्रमणबाट स्मिरीको ज्यान गएपनि अरु कुनै मानवीय क्षति नभएको अधिकारीले जनाएका छन् । उनले आत्मघाती आक्रमण गर्नुअघि प्रहरीले उनीमाथि गोली प्रहार गरेका थिए ।

अघिल्लो साताको बिहीबार ट्युनिशमा भएका दुई आत्मघाती आक्रमणमा एक प्रहरी अधिकारीको ज्यान गएको थियो भने अरु १५ जना घाइते भएका थिए । सन् २०११ मा तत्कालिन राष्ट्रपति जिन अल अबिदिन बेन अलीलाई सत्ताच्युत गर्नेगरी भएको क्रान्तिपछि ट्युनिशियामा इस्लामिक अतिवादीले आक्रमणहरु गर्दै आएका छन् ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ९ : १० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार