मेस्सीले ३ महिना अन्तर्राष्ट्रिय फुटबल खेल्न नपाउने « Khabarhub

मेस्सीले ३ महिना अन्तर्राष्ट्रिय फुटबल खेल्न नपाउने


१८ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई अन्तर्राष्ट्रिय फुटबलमा ३ महिनाको प्रतिबन्ध लागेको छ । कोपा अमेरिकी फुटबलमा भ्रष्टचारको आरोप लागेका मेस्सीलाई अन्तराष्ट्रिय फुटबलबाट ३ महिनाको प्रतिबन्ध लगाईएको हो ।

३२ बर्षका अर्जेन्टिनी फरवार्डले तेस्रो स्थानका लागि भएको चिलीविरुद्वको खेलमा ब्राजिललाई उपाधि जिताउन मिलोमतो गरिएको गम्भिर आरोप लगाएका थिए ।

उनले दक्षिण अमेरिकी फुटबलमा चरम भ्रष्टचार हुने गरेको आरोप लगाउँदै पदक लिन समेत अस्विकार गरेका थिए । तेस्रो स्थानका लागि भएको प्लेअफमा मेस्सी रातो कार्ड खादै मैदान बाहिरिएका थिए । सो खेल अर्जेन्टिनाले २–१ ले जितेको थियो ।

दक्षिण अमेरिकी फुटबल महासंघले मेस्सीलाई ३ महिनाको प्रतिबन्धसंगै ५० हजार अमेरिकी डलर जरिवाना समेत गरेको छ ।

मेस्सीले आफुमाथि गरिएको कारबाहीको बिषयमा ७ दिनभित्र अपिल गर्न सक्नेछन् । प्रतिबन्धसंगै मेस्सीले अर्जेन्टिनाले चिली, मेक्सिको र जर्मनीविरुद्व सेप्टेम्बर र अक्टोबरमा खेल्ने मैत्रीपूर्ण फुटबल गुमाउनेछन् । अर्जेन्टिनाले सन् २०२२ को विश्वकप छनोट सन् २०२० को मार्चबाट शुरु गर्नेछ ।

कोपा अमेरिकामा अर्जेन्टिना सेमिफाईनलमा आयोजक ब्राजिलसंग २–० ले हारेको थियो । सो क्रममा अर्जेन्टिनी फुटबल संघले मैदानको बिषयलाई लिएर गम्भिर आलोचना व्यक्त गरेका थिए ।

दक्षिण अमेरिकी फुटबल महासंघले मेस्सीले लगाएको आरोप निराधार रहेको र त्यसमा सम्मानको कमी देखिएको बताएको छ ।

तेस्रो स्थानका लागि भएको प्लेअफमा मेस्सी ३७ औ मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएका थिए । अन्तिममा उनले पदक लिन समेत अस्विकार गरेका थिए ।

‘हामी यो भ्रष्टचारको कुनै भाग हुन चाहदैनौ ।’ मेस्सीले भनेका थिए, ‘उनीहरुले प्रतियोगितामा हामीलाई सम्मानको कमी देखाएका छन् ।’

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  ७ : ०९ बजे

हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चबारे गृहमन्त्रीको जवाफ- ‘बढीमा २० करोड भयो’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हेलिकप्टर उद्धारका लागि अर्बौँ रुपैयाँ खर्च

हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

एआईको प्रयोगलाई लिएर उर्वशी रौतेलाको कडा कदम, मागिन् ७० अर्ब क्षतिपूर्ति

काठमाडौं– एआई प्रविधि मनोरञ्जन क्षेत्रमा तीव्र रूपमा प्रवेश गरिरहेका बेला

कांग्रेसमा गगनलाई टक्कर दिने विषयमा तैँ चुप मै चुप, अरु पदमा प्रतिस्पर्धा हुने

काठमाडौं– गत पुस अन्तिममा विशेष महाधिवेशन गरेर कांग्रेसको सभापति बनेका