बाइकको क्लच प्लेट जोगाउन गियरमा रोकेर एक्सिलेटर नबटार्नुहोस् « Khabarhub

बाइकको क्लच प्लेट जोगाउन गियरमा रोकेर एक्सिलेटर नबटार्नुहोस्


१८ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यातायातका साधनमध्ये नेपालमा सबैभन्दा बढी प्रयोगमा आएको साधन मोटरसाइल हो । यातायातको सेवा पुगेका र सडक सञ्जालले घेरिएका ठाउँका लागि बाइक सामान्य जस्तै पनि भएको छ । हिमाल, पहाड तथा तराई सबै क्षेत्रमा सहज रुपमा सञ्चालन हुने भएकाले पनि यसको प्रयोग बढ्दो अवस्थामा छ ।

यसरी सबैले प्रयोग गर्ने बाइकमा आउने समस्याका बारेमा जानकारी राख्न अब जरुरी छ । बाइक चलाउँदा बाइकको रेखदेख कसरी गर्ने भन्ने ध्यान दिन जरुरी छ । आज हामी बाइकको क्लचप्लेट कसरी सुरक्षा गर्ने भन्ने विषयमा छलफल गरौं :-

सवारी साधनमा प्रयोग हुने क्लच निकै महंगो मध्यको एक पाट्स हो । क्लच प्लेटको मूख्य काम इन्जिन र पाड्ग्राबीचको सम्बन्ध जोड्ने तथा फुकाउने हो ।

सामान्यतया मोटरसाइकलमा क्लच प्लेटको धेरै समस्या आइरहेको हुने गर्छ । हेवी ट्राफिकमा धेरै चलउनु पर्दा क्लज प्लेट धेरै बिग्रने गर्छ । जति धेरै क्लचको प्रयोग गर्यो त्यतिनै क्लचमा समस्या आउने हो ।

कतिपय मानिसको क्लच लिभर समातेरै बाइक चलाउने बानी हुन्छ । जसले क्लच प्लेटमा दवाब बनाइ राख्छ र चाँडै बिग्रने गर्छ । क्लच प्लेट बिग्रने समस्या चालकको सवारी चलाउने बानीमा धेरै हदमा भर पर्छ ।

यसरी बचाउने क्लचप्लेट

सबैभन्दा पहिला क्लचको लिभर सहि स्थानमा हुनु पर्छ । सबभन्दा टुप्पोमा अथवा ह्याण्डल बारको नजिक हुनु हुँदैन ।

जाममा बस्दा पहिलो वा दोस्रो नम्बरको गियरमा सवारी राखि क्लचसमातेर बस्नु हुँदैन । गियरमा धेरै समय सवारी रोकेर एक्सिलेटर बटारी रहने बानी छ भने तत्काल रोक्नुपर्छ ।

ट्राफिक जाममा रोकिनु पर्दा सधै न्यूटल गियरमा बस्नु पर्छ । अझ धेरै समयको जाम हो भने इन्जिन नै बन्द गरेको राम्रो हुन्छ जसले इन्धनको पनि वचत गर्छ र वातावरणको प्रदूषण पनि रोक्न सहयोग गर्छ ।

अर्को सबैभन्दा नराम्रो बानी दोस्रो वा तेस्रो गियरमा नै रोकिएको अवस्थामा सवारीसाधन उठाउने प्रयास गर्नु हुँदैन । यसो गर्दा क्लच प्लेटलाई दवाब पर्छ । त्यसैले रोकिएको स्थानबाट आफ्नो सवारीलाई अगाडि बडाउँदा सधै पहिलो नम्बरको गियरमा उठाउनु पर्छ ।

सवारी स्टार्ट गर्दा पनि सधै न्यूटल गियरमा स्टार्ट गर्नु पर्छ । एकदमै हतारको बेलामा कहिलेकाहिँ पहिलो नम्बरको गियरमा स्टार्ट गर्न पनि सकिन्छ । तर आफ्नो बानि भने सधै न्यूटलमा राखेर स्टार्ट गर्ने हुनु पर्छ । यसो गर्दा लामो समयसम्म पनि क्लचप्लेट परिवर्तन गर्न जरुरी हुँदैन ।

कम्पनीले क्लच प्लेटको वारेन्टी समेत नदिने भएकोले क्लच प्लेटको उपयूक्त तरिकाले संरक्षण गर्नु राम्रो हुन्छ ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  ९ : ४७ बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना