मालदिभ्सका पूर्व उपराष्ट्रपति अहमद भारतमा पक्राउ, स्वदेश फर्काइयो « Khabarhub

मालदिभ्सका पूर्व उपराष्ट्रपति अहमद भारतमा पक्राउ, स्वदेश फर्काइयो


१८ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

माले–अवैध बाटोबाट भारत प्रवेश गरेका मालदिभ्सका पूर्व उपराष्ट्रपति अहमद अदिबलाई पक्राउ गरी उनलाई स्वदेश फर्काइएको भारतीय अधिकारीले जनाएका छन् ।

गत बिहीबार अवैध तरिकाबाट डुङ्गामार्फत् दक्षिण भारतका टुथुकुडी शहर प्रवेश गरेका उनलाई शुक्रबार पक्राउ गरी मालदिभ्स फर्काइएको हो ।

राजनीतिक शरणका लागि उनी भारत प्रवेश गरेको भएपनि भारत सरकारले भने शरण दिन अस्वीकार गरेको थियो । उनी बिहीबार सिङ्गापुरको ध्वजावाहक डुङ्गामार्फत् अवैध तरिकाले भारत प्रवेश गरेका थिए ।

उनले यसअघि तोकिएको प्रवेश क्षेत्रमार्फत् नभई अन्य मार्गबाट भारत प्रवेश गरेको र उनीसँग आवश्यक कागजात नभएका कारण उनको भारत प्रवेश अवैध रहेको भारतीय अधिकारीको भनाइ छ ।

उनी आइतबार वा सोमबार मालदिभ्स पुगिसक्ने मालदिभ्सका अधिकारीहरुको आँकलन छ ।

उनीविरुद्ध सन् २०१६ मा मालदिभ्सको अदालतले तत्कालिन राष्ट्रपति अब्दुल्लाह यामिनको हत्याको षड्यन्त्र रचेको अभियोगमा १५ वर्षको जेलसजाय सुनाइएको थियो । त्योबाहेक भ्रष्टाचार र आतंकवादी गतिविधिको अभियोगमा समेत गरी उनलाई कुल ३३ वर्षको जेलसजाय तोकिएको छ । उनी माल्दिभ्समा नजरबन्दमा थिए ।

यामिनमाथि लागेको सम्पत्ति शुद्धीकरणको अभियोगमा उनी महत्वपूर्ण साक्षी समेत हुन् । उनलाई कुनै समय मालदिभ्सको प्रमुख नेताको रुपमा उदय हुनसक्ने नेताको रुपमा समेत हेरिएको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  २ : ५४ बजे

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको