सार्वजनिक सम्पत्ति अतिक्रमण गर्ने खोज्नेलाई समाजबाट बहिष्कार गर्नुपर्छ– उपप्रधानमन्त्री पोखरेल « Khabarhub

सार्वजनिक सम्पत्ति अतिक्रमण गर्ने खोज्नेलाई समाजबाट बहिष्कार गर्नुपर्छ– उपप्रधानमन्त्री पोखरेल


१८ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा संरक्षण गर्न सरकार दृढ रहेको बताएका छन् ।

शनिवार काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्ध रामनगरस्थित लाखेपोखरी लोकतान्त्रिक उद्यान उद्घाटन तथा वृक्षरोपण गर्दै उनले पक्ष–विपक्ष नभएर अतिक्रमण गरिएको सार्वजनिक जग्गा जोगाउनका लागि एकताबद्ध हुनुपर्ने बताए ।

“सार्वजनिक सम्पत्ति मुलुकको गहना भएकाले जोगाउन पार्टीको विचार जो जहाँ भए पनि संरक्षणमा एकताबद्ध हुनुपर्दछ”, उनले “सार्वजनिक सम्पत्ति अतिक्रमण गर्ने खोज्नेलाई समाजबाट बहिष्कार गर्नुपर्दछ ।”

उनले अतिक्रमण जग्गाको संरक्षण गर्नका लागि स्थानीय तहको पहिलो प्राथमिकता रहेको समेत धारणा राखे । उपप्रधानमन्त्री पोखरेलले उद्यानले वातारणीय पर्यावारण राख्न समेत सहयोग मिल्ने बताए ।

कार्यक्रममा सांसद कृष्ण राईले उद्यानले वरपर क्षेत्रका बालबालिका, वृद्धावृद्धालाई खेल्ने ठाउँ हुने बताए । प्रदेश सांसद रामेश्वर फुँयालले उपत्यकामा हरियालीसहितको उद्यान बनाएर प्रदूषण नियन्त्रण गर्न सहयोग मिल्ने बताए ।

उद्यान विकास समितिका अध्यक्ष ज्योति लामाका अनुसार करीब १५ रोपनी चार आनामा उक्त उद्यान महानगरपालिकाको रु ५० लाख सहयोगमा निर्माण गरिएको हो । यसैगरी सोही अवसरमा उपप्रधानमन्त्री पोखरेलले बिरुवासमेत रोप्नुभयो । करीब ५०० बिरुवा सोही उद्यान वरिपरि रोपिएको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  ९ : ०९ बजे

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर

फिल्म क्यालेन्डरको वैशाख–जेठ : बक्स अफिसमा खै हिरो ? हिट फिल्म मात्रै एक !

काठमाडौं – त्यसै पनि मेकरहरू जेठ, असार र साउनलाई फिल्म