सार्वजनिक सम्पत्ति अतिक्रमण गर्ने खोज्नेलाई समाजबाट बहिष्कार गर्नुपर्छ– उपप्रधानमन्त्री पोखरेल « Khabarhub

सार्वजनिक सम्पत्ति अतिक्रमण गर्ने खोज्नेलाई समाजबाट बहिष्कार गर्नुपर्छ– उपप्रधानमन्त्री पोखरेल


१८ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा संरक्षण गर्न सरकार दृढ रहेको बताएका छन् ।

शनिवार काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्ध रामनगरस्थित लाखेपोखरी लोकतान्त्रिक उद्यान उद्घाटन तथा वृक्षरोपण गर्दै उनले पक्ष–विपक्ष नभएर अतिक्रमण गरिएको सार्वजनिक जग्गा जोगाउनका लागि एकताबद्ध हुनुपर्ने बताए ।

“सार्वजनिक सम्पत्ति मुलुकको गहना भएकाले जोगाउन पार्टीको विचार जो जहाँ भए पनि संरक्षणमा एकताबद्ध हुनुपर्दछ”, उनले “सार्वजनिक सम्पत्ति अतिक्रमण गर्ने खोज्नेलाई समाजबाट बहिष्कार गर्नुपर्दछ ।”

उनले अतिक्रमण जग्गाको संरक्षण गर्नका लागि स्थानीय तहको पहिलो प्राथमिकता रहेको समेत धारणा राखे । उपप्रधानमन्त्री पोखरेलले उद्यानले वातारणीय पर्यावारण राख्न समेत सहयोग मिल्ने बताए ।

कार्यक्रममा सांसद कृष्ण राईले उद्यानले वरपर क्षेत्रका बालबालिका, वृद्धावृद्धालाई खेल्ने ठाउँ हुने बताए । प्रदेश सांसद रामेश्वर फुँयालले उपत्यकामा हरियालीसहितको उद्यान बनाएर प्रदूषण नियन्त्रण गर्न सहयोग मिल्ने बताए ।

उद्यान विकास समितिका अध्यक्ष ज्योति लामाका अनुसार करीब १५ रोपनी चार आनामा उक्त उद्यान महानगरपालिकाको रु ५० लाख सहयोगमा निर्माण गरिएको हो । यसैगरी सोही अवसरमा उपप्रधानमन्त्री पोखरेलले बिरुवासमेत रोप्नुभयो । करीब ५०० बिरुवा सोही उद्यान वरिपरि रोपिएको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  ९ : ०९ बजे

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको