अब किसानले उत्पादन गरेको वस्तुको जिम्मा सरकारले लिन्छ : मन्त्री अर्याल « Khabarhub

अब किसानले उत्पादन गरेको वस्तुको जिम्मा सरकारले लिन्छ : मन्त्री अर्याल


१८ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वालिङ– भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले किसानले उत्पादन गरेका वस्तुको जिम्मा सरकारले लिने बताएकी छिन् ।

वालिङ नगरपालिकास्थित १२ र १४ नं वडामा सामूहिक कागतीखेतीको शुरुआत गर्दै मन्त्री अर्यालले सरकार अब व्यावसायिकरूपमा खेती गर्ने किसानको खोजीमा रहेको बताउँदै सामूहिकरूपमा खेती गर्ने किसानलाई सरकारले सहयोग गर्ने बताइन् । आधुनिक युगमा मुलुकलाई अगाडि बढाउनका लागि कृषिमा पनि प्रविधि र यान्त्रीकरणको आवश्यक्ता भएकाले यो अभियान शुरु गरेको मन्त्री अर्यालको भनाइ थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका कृषि सहकारी तथा भूमि व्यवस्थामन्त्री लेखबहादुर थापाले प्रदेश सरकार सामूहिक प्रणलीमा काम गर्ने किसानलाई सहयोग गर्ने निर्णय नै गरेर अगाडि बढेको बताउँदै उत्पादनलाई बढवा दिन पनि सामूहिक कृषि प्रणाली आवश्यक रहेको बताए ।

राष्ट्रिय सहकारी बोर्डका सदस्य सचिव चक्रबहादुर पराजुलीले सहकारी बोर्डले साना किसान सहकारीका माध्यामबाट सामूहिक रुपमा खेती गर्ने किसानलाई सहयोग गर्ने बताए । थुमपोखरा साना किसान कृषि सहकारीका माध्यामबाट काम गर्ने योजनाका साथ सामूहिक कागती खेती अभियानको लागि रु ४९ लाख उपलब्ध गराउने निर्णय भएको बताउँदै सो रकम कामका आधारमा उपलब्ध गराउने बताए ।

कागती खेती अभियानको नेतृत्व गरिरहेका भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका उपसचिव टेकप्रसाद लुइँटेलले अहिले ६०० रोपनी जमीनमा १५ हजार कागतीका बिरुवा लगाउने र एक वर्षभित्रमा एक हजार रोपनी जमीनमा ३० हजार कागतीका बिरुवा लगाउने जानकारी दिए ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  ८ : ५५ बजे

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो

रातो मच्छिन्द्रनाथको भोटो प्रदर्शनीमा ड्रोन उडाउन कडाइ

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले आफ्नो अनुमति बिना ड्रोन