अर्जेन्टिनी फरवार्ड इकार्डी पीएसजी जाने « Khabarhub

अर्जेन्टिनी फरवार्ड इकार्डी पीएसजी जाने


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इटालियन क्लब इन्टर मिलानका पूर्व कप्तान माउरो इकार्डी फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने भएका छन् ।

इन्टर मिलानका प्रशिक्षक एन्टोनियो कोन्टेले पदभार लिएसँगै इकार्डी आफ्नो योजनामा नरहेको बताउँदै आएका थिए । इन्टरले पनि उनलाई अन्यत्र क्लबमा आफ्नो भविष्य खोज्न भनेको थियो । तर इकार्डी र उनकी एजेन्ट तथा पत्नी वान्डा नाराले भने कुनै हालतमा क्लब नछाड्ने बताएका थिए ।

ट्रान्सफर विन्डोको अन्त्य नजिकिंदै गर्दा पनि प्रशिक्षक कोन्टेले निर्णय परिवर्तन नगरेपछि इकार्डी क्लब छाड्न तयार भएका हुन् । इन्टरले पीएसजीको एक सिजन लोन र त्यसपछि खरिद गर्न सक्ने विकल्पसहितको प्रस्ताव स्वीकार गरेको छ ।

पीएसजीमा हाल मुख्य फरवार्डद्वय किलीयन एमबाप्पे र एडिन्सन काभानी घाइते छन् । अर्का सुपरस्टार नेयमार पनि च्याम्पियन्स लिगका सुरुवाती खेलका लागि उपलब्ध छैनन् ।

इन्टरका लागि मैदानमा राम्रो प्रदर्शन गरेपनि अनुशासन उल्लंघन गरेका कारण इकार्डी क्लबसँग राम्रो सम्बन्धमा छैनन् । गत सिजन इन्टरले उनलाई कप्तानी पदबाट बर्खास्त गरेको थियो । उनको अझैपनि क्लबसँग २ वर्ष सम्झौता बाँकी रहेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ७ : ०० बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी