राजपा-समाजवादी एकीकरण नहुने, महाधिवेशनको तयारीमा जुट्यो राजपा « Khabarhub

राजपा-समाजवादी एकीकरण नहुने, महाधिवेशनको तयारीमा जुट्यो राजपा


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले समाजवादी पार्टीसँग एकता विषयमा वार्ता नै नभएको खुलासा गरेका छन् ।

काठमाडौं बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी अध्यक्ष मण्डल बैठकमा एकता छलफलबारे जानकारी गराउँदै महतोले अहिलेसम्म ‘औपचारिक वार्ता नै नभएको’ खुलासा गरेका हुन्। ‘उहाँहरूसँग भेटघाट भएको बेला समान्य छलफल मात्र भएको हो,’ बैठकमा आफ्नो कुरा राख्दै महतोले भने, ‘औपचारिक रूपमा वार्ता भएकै छैन, अहिलेसम्मको प्रगति केही त्यस्तो पनि छैन।’

एकताका लागि पार्टीद्वारा गठित वार्ता समिति संयोजकसमेत रहेका महतोले ‘अनौपचारिक रूपमा भएको छलफल सकारात्मक रहे पनि औपचारिक रूपमा वार्ता भने नभएको’ जानकारी बैठकलाई गराएका छन् ।

राजपा नेपाल विचार, सिद्धान्त, नीति तथा कार्यक्रम मिल्ने पार्टीसँग एकीकरण गर्ने पक्षमा छ। समाजवादीले एकीकरणका लागि चासो व्यक्त गरेपछि राजपाले पनि वार्ता समिति नै गठन गरेको थियो।

समाजवादी सहअध्यक्ष एवं वार्ता समिति सदस्य राजेन्द्र श्रेष्ठले राजपा नेपालसँग एकीकरण गर्न अहिलेसम्म औपचारिक वार्ता नभएको स्पष्ट पारे । घेटघाटमा छलफल भए पनि औपचारिक छलफल नभएको उनको प्रस्टोक्ति छ ।

राजपा नेपालको जारी अध्यक्ष मण्डल बैठकमा नेताहरु पार्टि महाधिवेशन तयारमिा जुट्नुपर्ने निष्कर्षमा पुगेका छन् ।

तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेका ७ मध्ये ६ पार्टी मिलेर राजपा नेपाल घोषणा भएको थियो । राजपा नेपालले यसअघि नै आगामी २८, २९ र ३० कात्तिकमा महाधिवेशन मिति तय गरिसकेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ७ : २६ बजे

सरकार र अभियान्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, अनसन स्थगित

काठमाडौँ – विभिन्न माग राखेर आमरण अनसनमा बसेकी नर्स तथा

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर