धानबालीमा फौजी किराको आक्रमणले किसान चिन्तित « Khabarhub

धानबालीमा फौजी किराको आक्रमणले किसान चिन्तित


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमक– धानबालीमा फौजी किराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित बनेका छन् । गौरादह नगरपालिकाका किसानले लगाएको धानबालीमा फैजी किराको प्रकोप देखिएपछि त्यहाँका किसान चिन्तित बनेका हुन् ।

गौराहद–६ का कृषक यादवकुमार बस्नेतले फौजी किराले आफ्नो डेढ बिघा क्षेत्रफलमा लगाएको धानबाली पाँच दिनमै सखाप पारेको बताए । ‘पहिलोपटक यस्तो किराको प्रकोप देखापरेको छ,’उनले भने, ‘दिनमा भन्दा रातिमा धेरै यो किराले बाली नष्ट गर्दाेरहेछ ।’

स्थानीय खड्गबहादुर कार्कीले आफूले धानखेती गरेको ६० वर्ष बिते पनि यस्तो प्रकोप पहिलोपटक देखेको सुनाए । ‘यो किराले २/३ दिनभित्रै धान काटेर सखाप पार्दाेरहेछ,’ कार्कीले भने, ‘धानको टुप्पो काटेर ठुट्टो बनाएको छ अब के गर्ने ?’

गौरादह–६ को वीरबलचोकमा फौजी किराको प्रकोप धेरै रहेको स्थानीयवासी शारदा प्रसाईँ पराजुलीले बताइन् । किसानले लगाएको धान फौजी किराका कारण नष्ट भएपछि कुन औषधि प्रयोग गर्ने भन्ने विषयमा समेत आफूहरुलाई थाहा नभएको उनको भनाइ छ । ‘दिनभरि धानको गाँजमा लुक्ने र रात परेपछि यो किराले धानका टुप्पा काटेर भुइँमा झार्दाेरहेछ,’ अर्का किसान चन्द्रप्रसाद पराजुलीले भने, ‘मेरो पाँच बिघा क्षेत्रफलमा लगाएको धानबाली सखाप बनायो ।’

नगरपालिकाका किसानले दुई बाली धानखेती गर्दै आएका छन् । प्रतिबिघा ९० मनसम्म उत्पादन हुने धानमा फौजी किराको प्रकोप देखिएपछि अब यसको समाधान कसरी गर्ने भन्ने विषयमा नगरपालिकाले छलफललाई तीव्रता दिँदै समाधानको बाटो खोज्न शुरु गरेको वडाध्यक्ष खड्गप्रसाद पराजुलीले बताए ।

‘फौजी किराको प्रकोपका कारण १०० भन्दा बढी किसान मारमा परेका छन्,’ वडाध्यक्ष पराजुलीले भने, ‘यसको बेलैमा समाधान नखोजे यहाँ भयावह स्थिति आउन सक्छ ।’

फौजी किराले धानबाली नष्ट गरेपछि वर्षभरि खाने अन्न कसरी जोहो गर्ने भन्दै स्थानीयवासी किसान हेमसागर ओझाले चिन्ता व्यक्त गरे । धानबालीमा फौजी किराको प्रकोपका कारण समस्या सिर्जना भएसँगै स्थानीय भेटेरेनरी सञ्चालक बालकृष्ण दाहालले औषधि प्रयोग गर्न किसानलाई सिकाएको बताए ।

सो नगरपालिका क्षेत्रमा फोजी किराको समस्या देखिएपछि सोमबार कृषि ज्ञान केन्द्रको टोलीले समेत स्थलगत अवलोकन गरेको छ । विराटनगरस्थित बाली संरक्षण प्रयोगशालाका निमित्त प्रमुख मुकेशकुमार यादव, कृषि विकास निर्देशनालयकी अधिकृत सरस्वती श्रेष्ठलगायतको टोलीले समेत गौरादह पुगेर फौजी किराको प्रकोपको विषयमा अवलोकन गरेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ११ : ०४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै