चाडपर्व नजिकिएसँगै मासुको मूल्य बढ्यो « Khabarhub

चाडपर्व नजिकिएसँगै मासुको मूल्य बढ्यो


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– चाडपर्व नजिकिँदै गर्दा मासुको मूल्य बढेको छ । बजारमा केही महिनायता खसीको मासुको मूल्य अस्वभाविक रुपले वृद्धि भएसँगै उपभोक्ता मर्कामा परेका छन् । भारतबाट खसीको सहजै आयात रोकिएपछि खसीको मासुको मूल्य आकाशिएको व्यवसायीहरुको भनाइ छ ।

४/५ महिनाअघिसम्म खसीको मासु प्रतिकिलो ७०० रहेकामा आयात रोकिनेबित्तिकै मासु बढ्दै गएको हो । अहिले बजारमा खसीको मासुको मूल्य प्रतिकेजी ८०० रुपैयाँ नाघेको छ ।

‘एकातिर भारतबाट आउने खसीको आयतमा प्रतिबन्ध छ भने अर्कोतिर चाडबाड नजिकिँदै गएपछि बजारमा खसीको मासुको माग बढ्न थालेको छ,’ नेपालगञ्ज रामबागको मासु बधशालामा मासु व्यवसाय गर्दै आएका मासु व्यवसायी सगदिक कुरेसीले भने, ‘पर्व नजिकिएकाले मासुको मूल्य अझै बढ्न सक्ने सम्भावना रहेको छ ।’

व्यवसायीहरुका अनुसार भारतबाट सहजै आयात हुँदा प्रशस्त मात्रामा सस्तो मूल्यमा खसी पाइने भएकाले मासुको मूल्य कम थियो  । अहिले भारतबाट आयतमा रोक लाग्नु र मासुको माग धान्ने आन्तरिक उपलब्धता नहुँदा मासुको मूल्यवृद्धि हुँदै गएको व्यवसायीहरु बताउँछन् । ु

पछिल्ला दिनमा प्रहरीले पटक–पटक भन्सार छलेर ल्याइएका खसी नियन्त्रणमा लिएर नेपालगञ्ज भन्सार कार्यालयमा बुझाउने गरेको छ । खसी भन्सार छलेर आउँदा राजश्व पनि नोक्सान भइरहेको छ । अहिले नेपालगञ्जमा दुब्लो–पातलो खसीको जिउँदो मूल्य प्रतिकेजी रु ५८०, मध्यमखालको रु ६०० र राम्रो स्वस्थ खसीको जिउँदो मूल्य रु ६५० सम्म छ । दशैँको समयमा नेपालगञ्जमा मात्र १० हजारसम्म खसीको माग हुने बताइन्छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ११ : १८ बजे

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि